प्रदीप पौडेलले ५ सय घर टहरा बनाइदिने


1174620_649041105115566_143285706_nदुई कोठे घरको लागत १७ हजार
४ जेठ, काठमाडौ । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष प्रदीप पौडेलले भूकम्प प्रभावित क्षेत्रमा ५ सय घर टहरा निर्माण गरिदिने घोषणा गरेका छन् । एकसय जना युवा विद्यार्थीका साथमा उनले सोमबारदेखि नै गोरखाको पालुङ-८ स्थित उपल्लो मालती गैरा गाउँबाट अभियान सञ्चालन गर्ने जनाएका छन् ।
भूकम्प प्रभावित गोरखा, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, रामेछाप, काभ्रे, दोलखा, ओखलढुंगा, मकवानपुर, तनहुँ, रसुवा र चितवनको चेपाङ बस्तीमा अस्थायी टहरा बनाउने पौडेलले बताए ।
बेलायतको टनब्रिज वेल्स निवासी युवा उद्यमी अनिलराज आचार्य, मनमैजुको सुमार्ग हार्डवेयर, अमेरिका-नेपाल हेल्पिङ सोसाइटीमार्फत सागर कँडेल, काठमाडौ प्रोग्रेसिभ लाइन्सका तीर्थ आचार्य लगायतको सहयोगमा पौडेलले घर निर्माण गरिदिने भएका हुन् ।
पौडेलेको घर निर्माण अभियानमा इन्जिनियर डा. गोकर्णबहादुर मोत्रा, युवा इन्जिनियर नवराज त्रिपाठीलगायतको साथ रहनेछ । प्रत्येक टोलीमा १५ जना इन्जिनियर रहने पौडेलले बताए ।अभियानको पहिलो चरणमा गोरखाको पालुङटार गाविसको मालती गैरामा ३३ वटा अस्थायी टहरा निर्माण गरिने पनि उनले बताए ।
१७ हजारमा दुईकोठे घर
करिब १७ देखि १९ हजार रुपैयाँसम्म खर्च लाग्ने एउटा घर दुई कोठाको हुने इन्जिनियर मोत्राले बताए । पाँच जनाको परिवारलाई हुने यस्तो घरको लम्बाइ र चौडाइ १६/११ फिटको हुनेछ भने घरमा दुईवटा ढोका र २ वटा झ्याल रहनेछन् । स्थानीयरुपमा नै काठपात र बाँस जुटाएर बनाइने यस्ता घरमा ६ वटा पोष्ट गाडिने र ढुंगामाटोको वाल रहने बताइएको छ ।
पौडेलले घरटहरा निर्माण अभियान सुरु गर्नुअघि सोमबार बिहान राजधानीमा पत्रकार सम्मेलन गरी घरवारविहीन लाखौं नेपालीलाई अस्थायी आवासको प्रवन्ध र एक वर्षभित्र स्थायी भूकम्प प्रतिरोधी आवास व्यवस्था गर्न माग गरे ।(अन्लाईन खबर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.