भुकम्प पीडितका लागि कुवेतबाट ८६ लाख भन्दा बढी राहत संकलन


शिव पौडेल, कुवेत
राहत संकलन दुतावासलाइ बुझाउदैनेपालमा गएको बिनासकरी भुकम्प कारण ८ हजार भन्दा बढीले ज्यान गुमाएका र कयौको संख्यामा घाईते भएका अनी आफ्नो घरबार बिहिन नेपालीहरुका लागि कुवेतमा कार्यरत नेपालीहरुले गत हप्ता कुवेतमा संगठित भुकम्प पीडित राहत समितिलाई १० हजार केडी(नेपाली ३४ लाख ) भन्दा बढी रकम नेपाली दूतावासमा जम्मा गराएका छन। यो दु:खत घडीमा कुवेतमा कार्यरत नेपालीहरु एक ठाउमा उभिएका छन।
कुवेतका सवै सँघ संगठनको राय लिएर गठन भएको राहत अभियान संकलन समितीले शुक्रवारका
दिन अभियानमा जुटेका सवैलाई उठेको रकम लिएर जम्मा हुन आव्हान गरेको थियो । सो बमोजिम केही सँस्था छाडेर प्राय सवैले दुतावासमा आई समितीलाई रकम र ठेली बुझाएका थिए । यसरी बुझाईएको रकम दश हजार केडी भन्दा धेरै रहेको थियो । संकलित रकम राहत समितीले नेपाली दुतावास कुवेतका दितिय सचिब भोगेन्द्र लिम्बुलाई शुक्रबार नै हस्तान्तरण गरेको थियो । समितीले अभियानलाई स्थगित गर्ने गरी सवैलाई बोलाईए पनि केही रसिद बुकहरु आउन बाकी रहेको जनाएको छ । आगामी शुक्रवार सम्म समितीले आफ्नो काम सक्ने लक्ष्य लिएको बताईन्छ। राहत रकम संकलन र त्यसको एकत्रित हिसाव किताव दुतावासको फेसबुक पेजमा समेत हेर्न सकिने छ । दुतावासले नेपाल पठाएको रकम को श्रोत कहाँबाट के कति आएको हो सो को अपडेटिङ गर्दै आएको छ र सम्पूर्ण संकलित रकम भुकम्प पिडितका लागि प्रधानमन्त्री राहतकोषमा जम्मा गरिने छ। यस भन्दा पहिला  दुतावासमा  जम्मा हुन आएको राहत रकम ५२ लाख नेपाल स्थित प्रधानमन्त्री राहत कोषमा पठाई सकेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.