कता हरायो अमेरिकी हेलिकप्टर?


केपी ढुंगाना/लक्ष्मण वियोगी
8c1e45cd5de9740f5fac19657df0b46e_Lकाठमाडौं-मंगलबारको शक्तिशाली भूकम्पमा परी घाइतेको उद्धार गर्न अपराह्न दोलखा पुगेको अमेरिकी सेनाको हेलिकप्टर अझै बेपत्ता छ ।हेलिकप्टर’bout सरकारी निकायबाटै फरकफरक जानकारी प्रवाह भएपछि यो घटना झन् रहस्यमय बनेको छ । हेलिकप्टर हराएको वा कतै ल्यान्ड गरेर बसेको भन्ने अझै खुल्न सकेको छैन।

मंगलबार दिउँसो १:५० मा त्रिभुवन विमानस्थलबाट उडेको उक्त हेलिकप्टर दोलखा, सुनखानी पुगेपछि सम्पर्कविहीन भएको थियो । हराइरहेको हेलिकप्टर नेपाल विद्युत प्राधिकरणको दोलखास्थित निर्माणाधीन सिँगटी सबस्टेसनमा ल्यान्ड गरेको र त्यसमा सवार सबै ८ जना सकुशल रहेको बुधबार साँझ विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक शेरसिंह भाटले विभागीय मन्त्रीलाई औपचारिक जानकारी गराएका थिए ।
भाटले नागरिकसँग कुरा गर्दै एउटा हेलिकप्टर सिँगटी सबस्टेसनको निर्माणाधीन स्थानमा रहेको र त्यसमा रहेका सबै सकुशल रहेको जानकारी दिएका थिए । भाटले त्यहाँ कार्यरत कर्मचारीलाई उद्धृत गर्दै दिएको सूचनालाई नेपाली सेनाले तुरुन्तै विज्ञप्तिमार्फत खण्डन गरेको थियो ।
सेनाले बेपत्ता हेलिकप्टर नभेटिएको र खोजी कार्य जारी रहेको बताउँदै विज्ञप्ति निकालेपछि घटनाले नयाँ मोड लियो । सेनाद्वारा बुधबार बेलुका जारी विज्ञप्तिमा दोलखाको सुनखानीनजिक अमेरिकी मरिन हेलिकोप्टर युएच वान वाई हराएको र खोजीका लागि सेनाले लिपिलाङ, लामिडाँडा, सुनखानी र जुभुबाट पैदलै खोजी गर्दा बुधबार बेलुकासम्म अवस्था अज्ञात रहेको उल्लेख छ ।
हराइरहेको हेलिकप्टर खोज्न सेनाले आफ्नो जनशक्ति परिचालन गरे पनि उक्त क्षेत्रमा रहेका अन्य सुरक्षा निकायलाई कुनै जानकारी दिएको छैन । उसले हेलिकप्टर र त्यसमा सवार २ नेपाली सेना तथा ६ अमेरिकी सेनाको अवस्थासमेत अज्ञात रहेको विज्ञप्तिमार्फत दाबी गर्‍यो ।
सेनाले हराइरहेको अमेरिकी हेलिकप्टर फेला नपरेको दाबी गरे पनि अर्थमन्त्री रामशरण महतले ट्विट गर्दै हेलिकप्टर फेला परेको सूचना प्रवाह गरेका थिए ।
दुई थरी सूचना’bout सम्बन्धित प्राविधिकसँग नागरिकले सम्पर्क गर्दा पनि विरोधाभाषपूर्ण तथ्य आए । उड्डयन प्राधिकरणका एक प्राविधिकले हेलिकप्टर र त्यसमा सवार सबै जना सकुशल रहेको जानकारी दिए । ती प्राविधिकले हेलिकप्टर रहेको स्थान’bout भने जानकारी लिन नसकिएको बताए ।
दोलखा क्षेत्र नम्बर २ का सभासद आनन्दप्रसाद पोखरेलले बुधबार अपराह्न ४ बजे हेलिकप्टर’bout जानकारी आएको बताउँदै त्यसमा सवार सबै सकुशल रहेको नागरिकलाई बताए । ऊर्जामन्त्री राधा ज्ञवालीले पनि आफ्ना स्वकीय सचिव राजेन्द्र ढकालमार्फत हेलिकप्टर र त्यसमा रहेकाहरु सकुशल रहेको थाहा पाएको बताइन् ।
‘स्वकीय सचिवमार्फत जानकारी आएको हो,’ उनले नागरिकसँग भनिन्, ‘आधिकारिक जानकारी छैन ।’
स्वकीय सचिव ढकालसँग सम्पर्क गर्दा उनले प्राधिकरणका कर्मचारीमार्फत आफूलाई हेलिकप्टर’bout जानकारी आएको बताए ।
ढकालका अनुसार सबस्टेसनमा हेलिकप्टर बसेपछि त्यहाँका एक कर्मचारी हिँडेरै बुधबार लामोसाँघु आएर सुनकोसी जलविद्युत आयोजनाको कार्यालय आएर जानकारी दिएका थिए । ती कर्मचारीले त्यहाँका प्रमुख सुरज दाहाललाई भेटेर हेलिकप्टर’bout जानकारी गराएका थिए ।
ती कर्मचारीले एउटा हेलिकप्टर मंगलबार बेलुकादेखि सबस्टेसनमा बसेको र आफू बिहान ५ बजे हिँड्दा पनि त्यहीँ रहेको बताएका थिए । ती कर्मचारीको जानकारीका आधारमा दाहालले यस्तो जानकारी भाटलाई दिएका थिए ।
भाटले निर्माणाधीन संरचनामा हेलिकप्टर बसेको जानकारी दिन ऊर्जामन्त्री ज्ञवालीका स्वकीय सचिव ढकाललाई फोन गरेका थिए । ढकालले सोही जानकारी मन्त्रीलाई दिएपछि हेलिकप्टर फेला परेको सूचना सार्वजनिक भएको थियो । स्रोतका अनुसार ऊर्जा मन्त्रालयले त्यसको जानकारी तत्काल गृहलाई समेत गराएका थिए ।
सेनाले भने हेलिकप्टर फेला परेको स्विकारेको छैन । सैनिक प्रवक्ता जगदीशचन्द्र पोखरेलले दोलखामा हराइरहेको अमेरिकी हेलिकप्टर फेला नपरेको बताए । ‘मंगलबार हवाई खोजी गर्‍यौं, बुधबार हवाई र पैदल दुवै किसिमले खोजी गर्‍यौं,’ पोखरेलले नागरिकसँग भने, ‘भेटिएको छैन, खोजी जारी छ ।’(नागरिक )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.