तमु प्ये ल्हु संघ कुवेतले २३१ कुवेती दिनार भुकम्प पीडित लाई राहत संकलन सहयोग दुताबासमा बुझायो(फोटो फिचर सहित)


कुवेत सिटी

1:८-मे-२०१५, शुक्रबार “तमु प्ये ल्हु संघ, कुवेत को भुकम्प पीडित राहत संकलन तथा शोक श्रद्धाञ्जली बैठक को निर्णय अनुसार सो दिनमा संकलन भएको रकम बाट नेपाल मा बैशाख १२ गते आएको बिनास्कारी भुकम्प बाट पीडित हरुको सहयोग को लागि “प्रधानमन्त्री राहत कोष” मा जम्मा गर्नको लागि मिति :११-मे-२०१५ , सोमबार संघका संस्थापक प्रमुख सल्लाहकार : Capt.कुल प्रसाद गुरुङ बाट कुवेत का लागि नेपाली महामहिम राजदूत : श्री यज्ञ बहादुर हमाल लाई “तमु प्ये ल्हु संघ, कुवेत” को तर्फबाट २३१ कुवेती डिनार हस्तान्तरण गर्नुभयो ।उक्त नगद हस्तान्तरण कार्यक्रम मा संघका महासचिव : ओम गुरुङ , संघका संस्थापक उपाध्यक्ष : भिम गुरुङ को पनि उपस्थित हुनुहुन्थ्यो ।उक्त नगद हस्तान्तरण पछि महामहिम राजदूत ज्यु ले “तमु प्ये ल्हु संघ,का सम्पुर्ण पदाधिकारी तथा सदस्य हरुलाइ धन्यवाद दिनुभएको थियो ।

11118141_640084486127177_612771673_nनेपालमा भुकम्प पीडित को लागि गत ८-मे-२०१५ शुक्रबार को दिन अध्यक्ष : छ्योमान गुरुङ को अध्यक्षता मा “तमु प्ये ल्हु संघ, कुवेत” ले राहत संकलन तथा शोक श्रद्धाञ्जली कार्यक्रम गरेको थियो ।संघका सचिव : डम्मर गुरुङ को संचालनमा गत बैशाख १२ गते आएको बिनास्कारी भुकम्प मा परि ज्यान गुमाउनुभएकाहरुको नाममा दिप प्रज्वलन गरि एक मिनेट मौन धारणा गरि कार्यक्रम सुरु गरिएको थियो।उक्त कार्यक्रम मा तमु प्ये ल्हु संघ कुवेत का सदस्य हरु बाँचौं र बचाउँ भन्दै सबै ले सहयोग को हात लम्काउँदै नगद संकलनमा सहभागी भएको थियो भने सहयोग रकम पनि मनग्ये उठेको थियो ।

1111सो बैठक मा संस्थापक प्रमुख सल्लाहकार : क्याप्टेन -कुल प्रसाद गुरुङ , संस्थापक सल्लाहकार : गोपाल गुरुङ,अध्यक्ष : छ्योमान गुरुङ बाट बिपत्ति को बेला जाति , धर्म , धनी , गरिव , गाउँ , शहर कुनैपनी भेदभाव नगरी सबै ले सहयोग गर्नुपर्छ भनी संदेश मन्तव्य दिनुभएको थियो ,सोही दिनमा संघका सदस्य : रुपाकोट -३ , चिसापानी -कास्की निवासी हाल All Mullaअन्तरगतG4S Kuwait मा कार्यरत याम गुरुङ को पहलमा वहाँ कै कम्पनी का सहयोगि र मनकारी साथीभाइ हरु बाट संकलन गर्नुभएको नगद: ६५ कुवेती डिनार पनि “तमु प्ये ल्हु केन्द्र” पोखरामा पठाउनको लागि संघका प्रमुख सल्लाहकार ज्यु लाई हस्तान्तरण गर्नुभएको थियो ।तमु प्ये ल्हु केन्द्र पोखरा ले बिदेश स्थित आफ्नो शाखा हरुले पठाएको सहयोग भुकम्प पीडित सम्म पुर्‍याउने कामको साथै पोखरा को विभिन्न अस्पतालहरुमा उपचार को लागि भर्ना भएको बिरामी र कुरुवा हरुलाइ खाना को ब्यवस्था गरिरहेको छ ।

11123555_640084896127136_1229153653_nसोही दिनमा स्याङ्जा केवारे भञ्ज्याङ् बनकट्टा पुरानो घर भइ लेखनाथ न पा -१३, गगनगौंडा माइतीघर भएकोर कर्म घर चौतरा-१, सिन्धुपाल्चोक का यसै संघका महिला सदस्य तथा कलाकार : बिन्दा गुरुङ को सिन्धुपाल्चोक स्थित आफ्नो घर पुरै नस्ट भएको र श्रीमान जगन बहादुर पनि घाइते भएको भनी संघका सहमहासचिव तथा महिला विभाग कि अध्यक्ष : उम गुरुङ ले निवेदन गर्नुभएको ले वहाँ को स्थिति हेरि हाललाई वहाँ को श्रीमान को उपचार को लागि १९६ के डि संघ बाट सहयोग गरियो ।तमु प्ये ल्हु संघ, कुवेत बाट भुकम्प पीडित हरुको लागि राहत संकलन कार्य जारी रहेको खबर संस्थापक उपाध्यक्ष भिम गुरुङ ले कुबेत नेपालडट कम लाई बताउनु भयएको छ ।211225614_640085046127121_1397981524_n11267315_640084649460494_1685429574_n11216471_640084776127148_846290824_n

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.