गत बैशाख १२ गते नेपालमा गएको भुकम्पको कारणबाट पीडित नेपालीहरुको लागि अल्घानिम सिक्युरिटी ग्रुपले लगभग तीन लाख रुपैया सहयोग गरेको सर्ब बिदितै छ। कम्पनीको तर्फबाट पनि भारी मात्रामा थप राहत सन्कलन भईरहेको छ जो चाडै International Medical Corp. मा बुझाईने छ।
यो प्राकृतिक प्रकोपलाई युसुफ अहमद अल्घानिम कम्पनीले सुरुवात देखीनै एकदम नजिक बाट नियालिरहेको छ। कम्पनीमा कार्यरत नेपाली कामदारहरु प्रती सहानुभुती र थप सहयोग गर्ने मन्साय अनुरुप आज बिहान कम्पनीका केही बिसिस्ट ब्यक्तिहरु कुवेत स्थित नेपाली राज्दुतावसमा माहामहिम राजदुत श्री यज्ञ बहादुर हमाल सँग भेट गर्न जानु भएको थियो। आजको यस् भेट्को दौरानमा अल्घानिमबाट जानु भएका बरिस्ट ब्यक्तित्वहरु सम्मिलित टोलिले अल्घानिम कम्पनीमा कार्यरत नेपालीहरु जस्को घर पूर्णरुपमा क्षतीग्रस्त भएको छ वहाँहरुको पुनर्बासको लागि सहयोग गर्ने कुरा श्री हमाल ज्यु लाई अवगत गराएको अल्घानिम सिक्युरिटी ग्रुपका म्यानेजर श्री नेत्र लिम्बु ज्युले जानकारी दिनु भएको छ। सो को लागि केही दिन भित्र कम्पनी बाट बरिस्ठ ब्यक्तिहरुको एक टोली श्री लिम्बुको अगुवाइमा स्थलगत निरिक्षण गर्नको लागि नेपाल जाने कुरा निर्क्योल भएको छ। यो सहयोगको सही सदुपयोग होस् भन्ने हेतुले निम्न लिखित मापदण्डहरु अनुरुप वास्तविक पीडितको छनौट गरिने कुरा पनि श्री लिम्बुले जानकारी गराउनु भयो।
१. पीडितले भोगचलन गर्दै आएको घर पूर्ण रुपमा क्षतीग्रस्त भएको हुनु पर्ने
२. निजको क्षतीग्रस्त घर बाहेक अर्को बिकल्प नरहेको हुनु पर्ने
३. निज पीडित ब्यक्ती डेरा गरी अन्य ठाउमा नबसेको हुनु पर्ने
४. मर्मत योग्य घरलाई मान्याता नदिइने
तसर्थे, अल्घानिम कम्पनीको यो सहयोग अत्यावस्यक र असाहय ब्यक्तिहरुलाई मात्र पुगोस भन्ने हेतुले माथि उल्लेखित मापदण्डहरु राखिएको हो । यो निस्वार्थ सहयोगको दुरुपायोग नहोस् भन्नको लागि कम्पनीको निरिक्षक टोलिले कडा रुपमा निरिक्षण गर्ने कुरा पनि श्री लिम्बुले अवगत गराउनु भएको छ।