सुरज कुँवर
काठमाडौ, वैशाख ३० – मंगलबार दिउँसो २.३० देखि सम्पर्कबिहीन भएको अमेरिकी सेनाको मरिन यूएच वान एन हेलिकप्टर अहिलेसम्म सम्पर्कमा नआएको सुरक्षा स्रोतले बताएका छन् । सैनिक र नागरिक उड्ययन स्रोतका अनुसार नेपाली सेना र अमेरिकी सेनाको टोली हेलिकप्टरको खोजीमा लागिरहेको छ ।
‘हामीले हाम्राे संयन्त्र परिचालन गरेका छाैं, अहिलेसम्म भेटिएकाे छैन,’ सेनाका प्रवक्ता जगदीशचन्द्र पाेखरलले कान्तिपुरसँग भने ।
मंगलबारको भूकम्पमा बढी प्रभाव परेको दोलखाको सुनखानी क्षेत्रमा उद्दारमा गएको हेलिकप्टर अन्तिमपटक चरिकोटबाट सम्पर्कमा आएको थियो । गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले ‘विभिन्न खाले सुचनाहरु आए पनि पुष्टि हुन नसकेको’ बताए । ‘धेरैतिरबाट धेरैखाले कुरा आएका छन्, अपुष्ट कुरा बढी छन्, खोजी जारी छ,’ उनले भने ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले पनि हेलिकप्टरको खोजी सेनाले गरिरहेको र नागरिक उड्डयन मन्त्रलायलाई हेलिकप्टर’bout कुनै नयाँ जानकारी नदिएको बताए । ‘यो सैनिक विमान भएकाले यसको खोजीमा पनि सैनिक टोली नै संलग्न छ,’ उनले भने ।(कान्तिपुर अन्लाईन )