Daily Archives: 11/05/2015

भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या आठ हजार ४६ पुग्यो


Dead bodies of small childrens were recovered from a collapsed  hotels and lodges  at Maccha Pokhari, Tinkune Chowk, Kathmandu after a deadly 7.9 magnitude quake hits Kathmandu valley on Saturday. Photo: Kumar Shrestha/RSS

Dead bodies of small childrens were recovered from a collapsed hotels and lodges at Maccha Pokhari, Tinkune Chowk, Kathmandu after a deadly 7.9 magnitude quake hits Kathmandu valley on Saturday. Photo: Kumar Shrestha/RSS

काठमाडौँ, २८ वैशाख । यही वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी हालसम्म मृत्यु हुनेको सङ्ख्या आठ हजार ४६ पुगेको छ । गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार भूकम्पबाट १७ हजार ८६६ घाइते भएका छन् । सबैभन्दा बढी सिन्धुपाल्चोक जिल्लामा तीन हजार १०७ को मृत्यु भएको छ भने काठमाडौँमा एक हजार २२२ को मृत्यु भएको छ । भूकम्पका कारण १० हजार ८०३ सरकारी घर तथा भवन पूर्णरूपमा क्षति भएका छन् । आंशिक रूपमा १५ हजार ३४ घर तथा भवन क्षति भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

थप अमेरिकी सैनिक आउँदै


चन्द्रशेखर अधिकारी
us-relief_20150511075836दुई हेलिकप्टर पनि आउने,नेपाली सेना भन्छ– थाहा भएन
काठमाडौ, वैशाख २८ – सरकारले विदेशी सेना बाहिरिरहेको भनिरहँदा अमेरिकाबाट हेलिकप्टरसहित थप सेना आउने भएका छन्। विकट क्षेत्रमा राहत वितरण सहज पार्न भन्दै अमेरिकाले ५० वायुसेना र दुई यूएच–१ हुए हेलिकप्टर पठाउन लागेको हो। अमेरिकी राजदूत पिटर डब्लू बोडीले खोजी–उद्धारमा आएका सेना फर्किरहेको उल्लेख गर्दै थप केही सेना ल्याउन सरकारसँग छलफल भइरहेको बताए। ‘आशा छ, नेपाली सेनाको संयोजनमा काम गर्न तालिमप्राप्त विज्ञसहितको टोली आउनेछ,’ उनले कान्तिपुरसँग भने। पढ्नेक्रम जारी राख्नुहोस्