भूकम्पले कतै अग्लो, कतै होचो


जगदीश्वर पाण्डे
Everest_20150510082724काठमाडौ, वैशाख २७ – महाभूकम्पका कारण नेपालका केही स्थानमा जमिन केही माथि उठ्नुका साथै केही भाग तल सरेको छ । भूकम्प मापन केन्द्रका अनुसार वैशाख १२ गते गोरखाको बारपाकलाई इपिसेन्टर (केन्द्रविन्दु) बनाएर ७.६ रेक्टर स्केलको भूकम्प र त्यसपछि भइरहेका पराकम्पनका कारण मुलुकका केही स्थानका भाग माथि उठेको र केही स्थान तल सरेको जनाएको छ ।

काठमाडौं उपत्यका र उत्तरी क्षेत्रमा रहेको नुवाकोटको ककनी क्षेत्रको उचाइ बढेको छ । चीनको सीमा क्षेत्र तिब्बत नजिक रहेका गणेश हिमाल, लाङटाङ क्षेत्र र रसुवाको चिलिमे क्षेत्र तल सरेको देखिएको छ । तर सर्वोच्च शिखर सगरमाथाको उचाइ कम भएको भन्ने’bout पुष्टि हुन सकेको छैन । भूकम्प मापन केन्द्रका प्रमुख भूगर्भविद् लोकविजय अधिकारीका अनुसार सगरमाथाको उचाइ कम भएको वा बढेको हालसम्म पुष्टि भएको छैन ।

भूकम्प मापन केन्द्रका अनुसार नुवाकोटको ककनी क्षेत्र उत्तर–दक्षिणतर्फ १.८२ मिटर सरेको छ भने यसको १.२८ मिटर उचाइ बढेको देखिएको छ । काठमाडौं उपत्यका ०.६ मिटर माथि उठेको देखिएको छ ।

गणेश हिमाल र लाङटाङ क्षेत्र करिब ७० सेन्टिमिटर तल सरेको (होचो भएको) भूगर्भविद् अधिकारीले जानकारी दिए । रसुवाको माथिल्लो भाग चिलिमे भने करिब ६० सेन्टिमिटर तल सरेको देखिएको छ । अधिकारीले भने, ‘मुलुकभर भूकम्प मापन तथा यसको ’boutमा जानकारी दिने गरी २९ स्थानमा स्टेसन राखेका छौं । त्यहीअनुसार कुन स्थान तल सर्‍यो र कुन उठ्यो हेर्न सकिन्छ ।’

मुलुकभर रहेका स्टेसनले जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) को स्याटेलाइटमार्फत जानकारी दिन्छ । भूकम्प मापन केन्द्रले क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीसँग मिलेर विगत १२ वर्षदेखि काम गरिरहेको छ । ‘हामीले त्यहाँबाट पनि तथ्यांक लिएर हेरिरहेका छौं,’ अधिकारीले भने, ‘जीपीएसबाट एक मिलिमिटर तलमाथि भए पनि देखाउँछ ।’

उनले सञ्चार माध्यमहरूमा सगरमाथाको उचाइ घटेको भन्ने’bout पुष्टि नभएको बताए । बेलायती सञ्चार संस्था बीबीसीले अमेरिका भूगर्भ अनुसन्धानलाई आधार मान्दै सगरमाथाको उचाइ घटेको हुन सक्ने भनेर लेखिएको समाचारमाथि अधिकारीले भने, ‘सगरमाथाका ’boutमा हाम्रो स्टेसनहरूले केही देखाएको छैन । गणेश हिमाल र लाङटाङ तथा चिलिमेको चिलिमे स्टेसनले देखाएको हो भने उपत्यकाको काठमाडौंमा रहेको स्टेसन र ककनीको ककनीमै रहेको स्टेसनले देखाएको हो ।’ अधिकारीका अनुसार स्टेसनले हालसम्म केही फरक नदेखाएको जनाए । ‘स्याङबोचेमा पनि स्टेसन रहेको छ तर त्यसले हालसम्म त्यस्ता देखाएको छैन,’ उनले भने ।

अर्का भूगर्भविद् कृष्ण देवकोटा भन्छन्, ‘साधारणतया भूकम्प गएपछि पृथ्वीको भूभाग तलमाथि हुन सक्छ ।’ उनले उदाहरण दिए, ‘तलको इन्डियन प्लेट युरेसियन प्लेट (तिब्बतियन प्लेट) मा छिर्दा भित्री भाग तल जाने र माथिको भागले माथि उठ्ने हुन्छ । भित्र जाने भागले प्रभाव पारेको स्थानको भाग भासिन्छ भने माथि परेको भागले असर पर्ने भाग माथि उठ्छ ।’(कान्तिपुर अन्लाईन )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.