चिनियाँ अर्बपति ज्याक मा ले नेपालमा एक हजार घर बनाइदिने


jack-ma२७ वैशाख, काठमाण्डौ । बिश्वचर्चित इकमर्स साइट अलिबाबाका संस्थापक एवं चिनियाँ अर्बपति ज्याक मा ले नेपालका भूकम्प पीडितका लागि एक हजार घर बनाइदिने भएका छन् । ज्याकले नेपालका अर्बपति बिनोद चौधरीको संस्था चौधरी फाउण्डेसनसँग मिलेर एक हजार घर बनाइदिने भएको हो ।
‘ज्याकले १ हजार घरका लागि रकम दिने र आफ्ना १० जना उच्च पदस्थ कार्यकारीहरुलाई नेपाल पठाउने बचन दिएका छन’ चौधरीले अमेरिकी पत्रिका फोर्ब्ससँग भने । हालै मात्र चौधरीले आफ्नो संस्थामार्फत् एक हजार र अन्य संस्थासँग मिलेर बाँकी नौ हजार गरी कूल १० हजार घर निर्माण गर्ने घोषणा गरेका थिए ।
सोही बमोजिम उनले आफ्ना विश्वभरका अर्बपति साथीहरुलाई नेपालमा सहयोगका लागि अपिल गरेका थिए । चौधरीको आग्रह स्वीकार्दै ज्याकले एक हजार बनाइदिने प्रतिबद्धता जनाएका छन् भने भारतीय मूलका इण्डोनेसियाली अर्बपति श्रीप्रकाश लोहियाले पनि एक हजार बनाइदिने प्रतिबद्धता जनाएका छन् । यी दुवै अर्बपति चौधरीको संस्थासँग हातेमालो गर्नेछन् । चौधरीले २५ करोड रुपैयाँ लगानीमा १० हजार घर निर्माण गरिदिने घोषणा गरेका छन् । यसका लागि युद्धस्तरमा काम भइरहेको चौधरी समूहका निर्देशक निर्वाण चौधरीले जानकारी दिए ।(अन्लाईन खबर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.