भुकम्पमा परि ज्यान गुमाउनेहरुको १३ औं दिनको स्मृतिमा किरात याक्थुङ चुम्लुङले श्रद्धाञ्जली अर्पण गरेको छ।


सुरेश गुरुङ,कुबेत

11216321_838250766230374_2091876069_nहिज मे ८ किरात याक्थुङ चुम्लुङ कुवेत शाखाले शक्तिशाली भुकम्पमा परि ज्यान गुमाउनेहरुको १३ औं दिनको स्मृतिमा फर्वानिया बगैचामा सबै कुवेत बासी लिम्बु दाजु भाई, दिदी बहिनीहरु भेला भई गहिरो दुखद प्रकट गर्दै नेपालको राष्ट्रिय झन्डालाई झुकाएर एक मिनेट मौन धराण गर्दै शोक मानेको छ भने घाइतेहरुको शिघ्र-स्वास्थलाभ साथै धैर्य धारण गर्ने शक्ति मिलोस भन्दै ”तागेरा निङवाभु माङ ”संग प्रार्थना गरेको छ लिम्बुहरुको सो भेलाले महाभूकम्पका कारण धेरै धनजनको क्षति भोग्नु परेको छ भने हजारौ परिवार दुखशोकमा परेका छन। यस्तो भुकम्प राहत संकलन को लागि अझ सक्रिय बन्नु पर्ने भन्ने ’boutमा छलफल गर्नु भएको थियो।

“तपाईंको सानो सहयोगले आगलागी पीडितको चुलोमा आगो बल्न सक्छ

हाम्रो देश नेपाल र नेपाली जनताले ईतिहासमै ठुलो प्राकृतिक प्रकोप सहनु परेको छ। नेपालीहरुको यो दर्दानक परिबेशमा सहयोगका हातहरु महत्वपुर्ण देखिएका छन। हाम्रो सानो सहयोगले नेपाली समाज र नेपाली गाउ घरमा ठुलो भलो हुने छ। नेपालमा चैत्र ९, २०७१ मा ताप्लेजुङको सदरमुकाम फुङलिंगमा र चैत्र १२ मा सप्तरीको कंचनपुर नगरपालिकामा भिषण आगलागी भई मानवीय क्षतिका साथ ठुलो धनजनको क्षति भएर त्यसबाट हजारौं परिवारहरु बिचल्लिमा परेको अवस्थाले गर्दा उनिहरुलाई केही मात्रमा भए पनि राहत दिलाउन सकियोस भन्ने सामाजिक सोंचका साथ यस मानविय कार्यमा आवद्द भएको

11225485_838250842897033_1431630618_nतिनवटै संस्था एनआरएनए कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत र नेपाली बचाउ राहत कोषको संयुक्त रुपमा उठाएको रकम नेपाल पठाउने छलफल भएको थियो । छलफल ले ताप्लेजुङ् र सप्तरी जिल्लामा आगलागीबाट प्रभावित परिवारको लागि नेपालीहरु बाट राहत संकलन गरेको रकमको ’boutमा आज बसेको माषिक बैठकमा बृहत छलफल गरि ताप्लेजुङ्लाई 60% र सप्तरीलाई ४०% आगलागी पिडित परिवारलाई पठाउने निर्णय गरेको छ । ताप्लेजुङ् र सप्तरी दुवै जिल्लामा किरात याक्थुङ चुम्लुङ केन्द्रिय कार्यालय काठमाडौँले नै राहत वितरण गर्ने किरात याक्थुङ चुम्लुङ अध्यक्ष दुर्गा चेम्जोङले कुबेत नेपालडट कमा लाई बताउनु भयएको छ ।

बैदेशिक रोजगारीको लागि मरुभुमिको देश कुवेतमा रहेका प्रबासी नेपालीहरुबाट पीडितलाई राहत संकलन लगायत हाल आगलागी पीडित भुकम्पमा पीडित लागि राहत संकलन गरेर सहयोग गर्नु हुने यहाँहरु सबैको यसरी नै सहयोग रहने अपेक्षा गर्दछौं । किरात याक्थुङ चुम्लुङ कुवेत

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.