दलहरुबीच भएको २७ बुँदे संकल्प प्रस्तावको सहमति यस्तो छ(हस्ताक्षरसहित)


बिष्णु बुढाथोकी
वैशाख १२ गते गएको विनाशकारी महाभूकम्पले निम्त्याएको राष्ट्रिय संकटको सामना गर्न संसदमा रहेका राजनीतिक दलहरू एक जुट हुदै संसदमा साझा संकल्प प्रस्ताव पेश गरी पीडितको राहत तथा पुनर्स्थापनका लागि सरकारलाई २७ बुँदे निर्देशन दिएको छ। दलहरुबीच पटक पटक भएको छलफल पछि भएको २७ बुँदे सहमति अनुसार भूकम्प पीडितको राहत तथा पुर्नस्थापनाका लागि पुर्ननिर्माण कार्यमा नीतिगत परामर्शका लागि सर्वदलीय सहभागीता र विज्ञहरू समेतको संलग्नतामा प्रधानमन्त्रीको अध्यक्षतामा एउटा राष्टिय पुर्ननिर्माण परामर्श समिति अविलम्ब गठन हुने भएको छ।
केन्द्रमा प्रधानमन्त्रीको नेतृत्वमा गठित सर्वदलीय संयन्त्रको मातहतमा जिल्ला नगर र गाउँ स्तरमा पनि सर्वदलीय संयन्त्र गठन गर्न निर्देशन दिएको छ।
संसदमा उपस्थित सबै राजनीतिक दलका प्रतिनिधिहरुले हस्ताक्षर गरेको संकल्प प्रस्तावमा पीडितको राहत तथा पुनर्स्थापनाका लागि सबै खाले मत-मतान्तर विर्सिएर सहकार्य सहमति र एकताका साथ कार्य गर्ने प्रतिज्ञा गर्दै दलहरुले चाडो भन्दा चाडो सहज वातावरण निर्माण गर्ने अठोट व्यक्त गरेका छन्।
संकल्प प्रस्ताव पेश गर्नुपूर्व विद्यमान संसदको नियमावलीको दफा ४० को उपनियम १ र ४२ को उपनियम ४ तत्कालका लागि निलम्बन गर्न सभामुखले कांग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठलाई प्रस्ताव राख्न अनुमति दिएका थिए।
नियम अनुसार, संकल्प प्रस्ताव पेश गरी छलफल गर्न पाँचदिनको समय लाग्ने भएपनि दलहरुको सहमति पछि आजै तयार पारेको संकल्प प्रस्ताव संसदमा पेश गरी छलफल अघि बढाइएको हो।
त्यसपछि एमालेका अग्नि खरेल, एमाओवादीका गिरिराजमणि पोख्रेलले समर्थन गरेपछि सदनले उक्त नियमावली निलम्बनको प्रस्ताव सर्वसम्मतिले स्वीकृति गरेको थियो।
त्यसपछि सभामुख सुवासचन्द्र नेम्वाङले दलहरुले तयार पारेको साझा संकल्प प्रस्ताव पेश गर्न सत्तारूढ दल नेपाली कांग्रेसका सचेतक चिनकाजी श्रेष्ठलाई समय दिए।
संसदमा पेश भएको प्रस्तावमा भूकम्प पीडितहरुको राहत, पुनर्स्थापना र पुननिर्माणको कामलाई राष्ट्रिय अभियानका रूपमा सञ्चालन गर्न सबै निकायलाई क्रियाशिल एवं प्रभावकारी बनाई समन्वय कायम गर्दै विस्तृत कार्य योजनालाई चरणबद्ध रुपमा कार्यन्वयन गर्ने उल्लेख छ।
त्यसैगरी भूकम्पका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई उचित राहत रकम अविलम्ब उपलब्ध गराउने, घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्ने र यस क्रममा अपांगता भएका व्यक्तिलाई थप राहत प्रदान गर्न निर्देशन दिएको छ।
भूकम्पले घर आवास ध्वस्त भइ आवासविहिन भएका पीडितकलाई नयाँ घर निर्माण नभएसम्म अविलम्ब भरपर्दो अस्थायी बासस्थानको व्यवस्थाका साथै खाद्यान्न, शुद्ध पिउने पानी, औषधि र सुरक्षाको व्यवस्था गर्ने र ध्वस्त भएका घरमा डेरा लिइ बसेका वा घर पसल भाडामा लिइ उद्योग व्यवसाय गरेका व्यक्तिहरुको वास्तविक क्षति यकिन गरी आवश्यक राहत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
दलका नेताहरुले हस्ताक्षर गरेको संकल्प प्रस्तावको २७ नम्बर बुँदामा संकल्प प्रस्तावमा उल्लेखित निर्देशनको कार्यन्वयन भए नभएको अनुगमन गरी आवश्यकताअनुसार व्यवस्थापिका संसदलाई जानकारी गराउन र नेपाल सरकारलाई थप राय सल्लाह सुझाव वा निर्देशन दिन व्यवस्थापिका संसदमा गठन हुने राष्ट्रिय विपद अनुगमन तथा निर्देशन समितिको काम कारबाहीलाई सहयोग गर्ने बताइएको छ।
हेर्नुहोस् संकल्प प्रस्तावको विस्तृतमा (सेटो पाटी )1234

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.