जितेन थिङ
यही बैशाख १२, २०७२ (25-04-2015) का दिन गएको ७.९ रियाक्टर स्केल्को महाभुकम्पको कारणबाट हाम्रो देश रोइरहेको छ, देश भुकम्पको चपेट्मा परी तहस नहस भएको छ जस्को कारण बाट लाखौं घरबार बिहिन छन, हजारौ मानिसहरु घाइते छन र आठ हजार भन्दा धेरै ब्यक्तिको मृत्यु हुन गएको छ ।
उक्त अवस्थालाई हृदयङ्गम गरी अल्घानिम सिक्युरिटी ग्रुपका नेपाली साथीभाइहरुले ति बिपतमा परेकाहरुलाई थोरै भएपनी राहात होस् भनी कुवेती दिनार ८८१.६०० फिल्स अर्थात दुई लाख तिरानब्बे हजार पाँच सय बहत्तर नेपाली रुपैया जम्मा गरेका थिए। उक्त रकम भुकम्प पीडित सम्म पुरयाउनको लागि अल्घानिम सिक्युरिटी ग्रुपका म्यानेजर श्री नेत्र बहादुर लिम्बुले दुतावासका दितिय सचिब द्य श्री अम्बिका जोशी र श्री भोगेन्द्र लिङ्देनको उपस्थितिमा माहमहिम राजदुत श्री यज्ञ बहादुर हमाललाई हस्तान्तरण गर्नु भएको छ। उक्त अवसरमा अल्घानिम सिक्युरिटी ग्रुपका अस्सिस्टेन्ट म्यानेजर श्री वलीद अल सरहिद, अपरेसन सुपरभाइजर राजेन्द्र बहादुर बराल, सुपरिटिन्डेन्ट आश बहादुर लोप्चन को पनि उपस्थिती थियो। सोही अवसरमा श्री लिम्बुले अल्घानिमका साथीभाइहरु स्वयम भुकम्पबाट पीडित हुँदाहुँदै पनि आफ्नो आत्मदेखी नै नेपाल स्थित भुकम्प पीडितहरुको लागि केही सहयोग गर्ने मन्साय अनुरुप सो रकम जम्मा गरेको बताउनु भयो र थप राहत सन्कलन गर्ने क्रम्मा युसुफ अह्मद अल्घानिम कम्पनीका बिभिन्न बिभागहरुमा पनि ठुलो मात्रमा रकम सन्कलन कार्य जारी रहेको र उक्त जम्मा हुने रकम International Medical Corp. मार्फत नेपालका भुकम्प पीडित समक्छ्य पुरयाइने जानकारी पनि गराउनु भयो र यसरी पटक पटक सहयोग जुटाएकोमा यस् ग्रुपका सम्पूर्ण साथीभाइहरुलाई हृदय देखिनै धन्यवाद दिदै यस्तो कार्यबाट आफु अतिनै गौरवान्नित भएको पनि उल्लेख गर्नुभयो।
त्यसै अवसरमा माहामहिम श्री हमाल ले अल्घानिम सिक्युरिटी ग्रुपका सम्पूर्ण नेपाली साथी भाईहरुलाई धन्यवाद ज्ञापन गर्दै सो सहयोग रासी राजदुतावास मार्फत नेपालको प्रधानमन्त्री राहात कोसमा जम्मा गरिने प्रतिबद्दता ब्यक्त गर्नु भयो। राज्दुतावस मार्फत जम्मा हुने रकम पारदर्सिताको लागि राज्दुतावासको फेसबुक पेज (Embassy of Nepal, State of Kuwait) र प्रधानमन्त्री रहात कोसको वेबसाइट्मा जो कोहिले पनि हेर्न सकिने, श्री हमाल ले जानकारी गराउनु भयो।
स्मरण रहोस्, अल्घानिम सिक्युरिटी ग्रुपका साथीहरुले गत हप्ता पनि ताप्लेजुङ् जिल्लाका आग्लागी पीडितहरुको सहयोगार्थ कुवेती दिनार १३१ अर्थात कारीब ४३००० नेपाली रुपैया श्री नेत्र लिम्बु मार्फत किरात याक्थुङ चुम्लुङका अदछ्य श्री दुर्गा चेम्जोङ ज्युलाई हस्तान्तरण गरिएको थियो। यस् अघी पनि ग्रुपका साथीहरुले पटक पटक बिभिन्न समस्यामा परेकाहरुलाई सहयोग पुर्याउदै आएका छन। यो सहयोगी भावना अन्य नेपालीहरुलाई पनि प्रेरणाको स्रोत बन्न गएको छ।
I am all so very happy for helped . which are affect for a earthquake. then I want to give a thanks for all alghanim security unit .because before I am all so worked in this company .anyway we are nepali all so in a UAE then we are alrady help them .
Wow great job Alghanim Industries our security Gruop..hep for earthquake peoples our Nepal…..
English lekhna aawadaina bhane keko lekhnu pareko…Nepali mai lekha …