खाद्यान्नसँगै पानीमा पनि अत्यधिक ठगी


राजु चौधरी
महाभूकम्पलगत्तै सरकारले अनुगमनलाई तीव्र
काठमाडौ, वैशाख २३ – बजारमा खाद्यान्नसँगै पानीमा पनि अत्यधिक ठगी भएको फेला परेको छ। गत शनिबार गएको महाभूकम्पलगत्तै सरकारले अनुगमनलाई तीव्र बनाउँदा यस्तो फेला परेको हो। बजार अनुगमन गर्न जिम्मा पाएको वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका अनुसार व्यवसायीहरूले म्याद नाघेको पानी, जारमा लेदो, बढी मूल्य लिने गरेको जस्ता कैफियत भेटिइएको हो।

‘अनुगमनको क्रममा ड्राई फुडसँगै पानीमा पनि धेरै समस्या देखिएको छ,’ विभागका महानिर्देशक शम्भु कोइरालाले भने। कोइरालाका अनुसार मंगलबार अनुगमनको क्रममा मातातीर्थस्थित मातातीर्थ प्रोसेसिङ ड्रिङकिङ वाटर एन्ड बिभरेज प्रालिले पनि म्याद नाघेको/लेबल नभएको पानी वितरण गरेको फेला परेको थियो। ती पानी उद्योगमा सिलबन्दी गरिएको विभागले जनाएको छ।

‘प्रालिले उत्पादन गर्दे आएको पानीमा लेबल थिएन, म्याद नाघेको पानी बजारमा पठाउने गरेको पायौं,’ कोइरालाले भने, ‘तत्कालका लागि उद्योगमा सिलबन्दी गरेका छौं।’

अनुगमन टोलीको नेतृत्व गरेका विभागका शाखा अधिकृत पोषराज खनालले पानी उद्योगले २०१०मा उत्पादन गरिएको पानी बिक्रीका लागि राखिएको बताए। ती उद्योगका सञ्चालकलाई ७ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको उनले बताए।

‘अनुगमनको क्रममा ‘रोयल ल्यान्ड’ ब्रान्डका पानीको उत्पादित मिति २०१० नबिझिने गरी राखेको थियो। उद्योगमा सिल गरेका छौ। परीक्षणका लागि पानी मंगलबार नै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाएका छौं,’ खनालले भने, ‘२/३ दिनमा पानीको रिपोर्ट आएपछि थप प्रक्रिया अघि बढाउँछौं।’ उद्योगका सञ्चालकलाई पनि एक साताभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको उनले बताए।

विभागले आइतबार अनुगमनको क्रममा बबरमहलस्थित महालक्ष्मी सेकुवा एन्ड रस्ष्टुरेन्टले रोयल ल्याड ब्रान्डको पानी म्याद नाघेको बिक्री गरेको फेला पारेपछि विभागले मंगलबार उद्योगमै अनुगमन गरेको हो। महालक्ष्मीले म्याद नाघेको मिनिरल वाटर २५ रुपैयाँमा बिक्री गरेको थियो। रेस्टुरेन्टका सञ्चालकलाई कालोबजारी ऐन अनुसार कारबाही गरिने जनाएको छ।

यस्तै, अनुगमनका क्रममा जोरपाटीमा ‘अक्वा ओसिस १००’को जारमा लेदो भेटिएको विभागले जनाएको छ। ‘जारमा उत्पादन मिति/प्रयोग मिति कुनै पनि उल्लेख गरिएको थिएन। जारमा पनि धमिलो लेदो देखिन्थ्यो,’ विभागका अनुगमन अधिकृत दीपक पोखरेलले भने, ‘पानी नमुना परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाएका छौं।’ उनले पानीको रिपोर्टको आधारमा कारबाही प्रक्रिया अघि बढाइने बताए।

विभागका अनुसार राहत वितरण हुने ठाउँमा बढी समस्या देखिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि अनुगमनको क्रममा केही पानी पिउन अयोग्य भएको जनाएको छ। प्रवक्ता पूर्णचन्द्र वस्तीले जारी गरेको विज्ञप्ति अनुसार डिए पोलिटेक्निक प्रालिले उत्पादन गर्दे आएका मेट्रोमिन्ट ब्रान्डको ब्याच नम्बर ०१६ भएको पानी पिउनको लागि अयोग्य भएको उल्लेख गरिएको छ। उक्त ब्राण्ड र ब्याच नम्बरको पानी बिक्री वितरणमा नगर्न सबै बिक्रेताहरूलाई भनिएको छ। उक्त ब्याचको पानी उपभोग नगर्न सबै उपभोक्तालाई अनुरोध गरिएको विभागले विज्ञप्तिमार्फत जनाएको छ।

खाद्यान्नसँगै पानीमा पनि कालोबजारी हुन उपराधको पराकष्ठ भएको उपभोक्ताबादीहरू बताउँछन्। अत्यावश्यक बस्तुमा कालोबजारी गर्ने व्यवसायीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने उनीहरूको माग छ।

‘खानेपानी जस्तो अत्यावश्यक बस्तुमा कालोबजारी हुनु भनेको व्यवसायीको दादागिरी हो,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले भने, ‘ठगी गर्ने व्यवसायीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ। दर्ता खारेजसम्मको कारबाही हुनुपर्छ।’

व्यवसायीहरूले उपभोक्तालाई ठगी गरेको गुनासो बढेपछि केही दिनयता सरकारले अनुगमनमा कडाइ गरेको छ। त्यसक्रममा उपभोक्ता ठग्ने व्यवसायीलाई कारबाहीको दायरामा ल्याएको छ। विभागको अनुगमन टोलीले खाद्यान्न, औषधी, पानी र इन्धनमा अनुगमन तीव्र बनाएको छ। दैनिक ३ टोली बजार अनुगमनमा खटिएका छन्। ठगी गर्ने व्यवसायीलाई देनिक कारबाहीको दायरामा ल्याइएको विभागको दाबी छ।(कान्तिपुर अन्लाईन )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.