शम्भु कट्टेल
काठमाडौं : महाभूकम्पपछि उद्धारका लागि आएका विभिन्न ३४ मुलुकका उद्धार टोलीले ‘फिल्ड’ छाडेका छन्। सरकारले ‘सर्च एन्ड रेस्क्यु’को काम सकिएको भन्दै फर्किन आग्रह गरेपछि उनीहरूले काम छाडेका हुन्। कतिपय देशका उद्धार टोली स्वदेश फर्किएका छन्। उद्धारका लागि आएकामध्ये टर्की, जापान, बेलायत, भारत र अमेरिकाका टोली फर्किसकेका छन्। गृह मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लक्ष्मीप्रसाद ढकालले उद्धारका लागि आएका कुनै पनि टोली फि ल्डमा नभएको बताए। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 06/05/2015
धमाधम फर्किंदै विदेशी उद्धार टोली
Posted in नेपाल समाचार
चाउचाउ माग्दै हिँड्ने कि चामलको भण्डार फोर्ने ?
कुनै पीडितलाई खाद्यान्नको खात, कसैको पुर्पुरोमा हात
२३ चैत, काठमाडौं । भूकम्पबाट आंशिक र पूर्ण रुपमा घरबार गुमाएका करीव ६ लाख घर परिवारका लागि तत्काल कति खाद्यान्न आवश्यक होला ? सरकारले यसको आँकलन गर्न सकेको छैन । भूकम्पबाट करीव तीन लाख घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने पुग नपुग तीन लाख घरहरु आंशिकरुपमा क्षतिग्रस्त भएका छन् । पूर्णरुपमा क्षति भएका घरपरिवारले अन्नपात निकाल्न नसके पनि आंशिक क्षति भएकाहरुले आंशिकरुपमा भए पनि घरभित्रको खानेकुरा सुरक्षित गर्न सफल भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
खाद्यान्नसँगै पानीमा पनि अत्यधिक ठगी
राजु चौधरी
महाभूकम्पलगत्तै सरकारले अनुगमनलाई तीव्र
काठमाडौ, वैशाख २३ – बजारमा खाद्यान्नसँगै पानीमा पनि अत्यधिक ठगी भएको फेला परेको छ। गत शनिबार गएको महाभूकम्पलगत्तै सरकारले अनुगमनलाई तीव्र बनाउँदा यस्तो फेला परेको हो। बजार अनुगमन गर्न जिम्मा पाएको वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका अनुसार व्यवसायीहरूले म्याद नाघेको पानी, जारमा लेदो, बढी मूल्य लिने गरेको जस्ता कैफियत भेटिइएको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार