ईन्द्र भुसाल ,कुवेत
कुवेतको नेपाली समाजमा पुरानो सस्था माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब काठमाडौं, कुवेतको सस्थागत सहयोग रकम ७१,००० भन्दा बढी बाहेक क्लबका पुर्व अध्यक्ष किरण पौडेलले १०१ केडी ,सदस्य डम्मर रिमालले २१केडी ,सस्थापक सदस्य ईन्द्र पोख्रेलले २१ केडी गरी झन्डै ४७,००० नेपाली सहयोग दिनु भएको छ । माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबमा लामो समय सम्म कृयाशिल भएर नेत्रित्व समेत लिनु भएका पौडेल र अन्य सदस्यहरुको यो सहयोग ब्यक्तिगत हो । त्यसै गरी माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबका सल्लाहाकार एवं पुर्व ICC कोडिनेटर राजन कुवरले भुकम्प पीडितको सहयोगको लागि १,०२,००० (एक लाख दुई हजार )एन आर एन ए को कोषमा सहयोग गर्नु भएको छ । स्मरण रहोस् राजन कुवर आफु समेत भुकम्प पीडित हुनुहुन्छ भने यो बिसम परिस्थितीमा पनि आफुले केही सहयोग रकम दिएको फोन संपर्कमा बताउनु भएको छ । लाखौ नेपालीहरु बिपतमा परेको बेला सहयोग गर्नु कर्तब्य रहेको र आफुले बरु केही गर्न सक्ने तर गरीब जनताले के गरेर यो जटिल समय गुजार्ने हुन त्यो ’boutमा चिन्ता लागेको उहाको भनाई रहेको थियो । कुवेतमा कृयाशिल बिभिन्न नेपाली संघँ सस्थाहरु युद्दस्तरमा राहत जुटाउन लागि परेका छन । ब्यक्तीगत सहयोगकै क्रममा स्याङ्जा सहयोग समाजका सल्लाहाकार शिव कोईरालाले पनि एक लाख भन्दा बढी रकम सहयोग घोषणा गर्नु भएको थियो ।
उपयोगी लिंकहरु
कुवेतबारे जानकारी
फारामहरु
रुपान्तर
आफ्नो मत दिनुहोस्
पाठक तथ्यांक
- 3,938,604 यात्रीहरु
पुराना पेजहरु