अन्नपूर्ण
काठमाडौं : गत शनिबार गएको भूकम्पबाट भत्किएको गेस्ट हाउसको भग्नावशेषमा एक किशोर जीवितै भेटिएका छन् ।भूकम्पले पुरेको १२० घण्टापछि काठमाडौंको गोंगबुस्थित हिल्ट गेस्ट हाउसको भग्नावशेषमा पुरएिको अवस्थामा १५ वर्षीय किशोर पेम्बा लामा जीवितै भेटिएका हुन् ।
नुवाकोट घर भएका पेम्बालाई सशस्त्र प्रहरीको तालिम प्राप्त कुकुरले भग्नावशेषमा जीवितै भेटाएपछि उद्धार गरिएको छ ।
सशस्त्र प्रहरीको टोलीले उनलाई भग्नावशेषभित्रै पाइपबाट औषधि दिएपछि उद्धार गरेको हो । उनले उद्धारपछि पानी पिएका थिए । जीवितै भेटिएका उनी बोल्न सक्ने अवस्थाका भएकाले उद्धारलगत्तै उपचारका लागि अस्पताल पठाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
हिल्टन गेस्ट हाउसमा अन्य पनि जीवितै हुन सक्ने आशंकामा शसस्त्र प्रहरीले थप खोजी थालेको छ ।