दिल कुमार पाख्रिन,कुवेत
अप्रिल ३०कुवेत बैशाक १२ गते गएको आमबिनाशकारी महाभूकम्पमा ले कुवेतमा गत दुइ महीना अगाडी मात्र आएका अलअहलिया कम्पनीमा कार्यरत गोरखा बार्पाक ८ का हिमलाल गुरुङको आमा,श्रीमती साथै दुई छोरिहरु भूकम्पमा परी गुमाएक छन् | यस दुःखद घडीमा नेपाल जानको लागि सहयोगी हातहरु जुट्दै
गर्दा झापा निवासी कुवेतको बरगरकिंग रेस्टुरेंटमा १२ बर्ष देखि कार्यरत माया धिमालले हिजो अप्रिल २९ तारिखको दिन ब्यतकिगत १०१ के.डी. करिब नेपाली ३४ हजार रुपैया सहयोग गरेकी छिन | देशमा भएको अपूरणीय धन जनको क्षति भएको हृदयबिदारक समचार टेलिभिजन,फेस बुक,अनलाइन बाट आईरहदा अनि तेस माथि झन आफ्नो आफन्तजनहरु सँग टेलीफोन संम्पर्क हुन नसक्दा
माया धिमालको होस् हवास उडेको मात्र थिएन ऊनी भन्छिन् तिन दिन पछि आफन्तजनहरु सँग फोनमा कुरा त हुन पायो तर मुलुकमा भएको भयानक अपूरणीय मानबिय र भौतिक क्षति साथै घाइते र दिवंगत हुनुहुने आफन्तहरुको बर्बरी आशु देख्दा मेरो मन भक्कानिएर आउछ बयान गरेर साध्य छैन| सहयोगी हातहरु खोजी गर्दै किरात राइ यायोख्खा को सदस्य युबराज राइ ले उनी समक्ष गुरुङ लाइ पुर्याएका थिए र केहि दिन अगाडि नेपाली सस्थाहरुको राहत कोष बैठक मा पनी उनै राइले पुर्याए पछि तुरुन्तै केही रकम को साथ टिकेट सहयोग भएको थियो भने आज नै एयर अरबिया को फ्लाईट बाट गुरुङ नेपाल जादैछन | दिवंगत आत्माको चीर शान्ति को कामना साथै यस बिपदको बेला हिमलाल अनि देश बासिहरुमा सहन सक्ने सक्ति र धेर्यै धारणा मिलोस |