लामा भाई, इस्ट मान वाईबा, कुवेत
कुवेतको नेपाली समाजमा दिनप्रति दिन एक पछि अर्को संस्थाहरु जन्मिने क्रम जारी नै छ। करिब पाच दर्जन भन्दा बढि नेपाली संघ संस्थाहरु गठन भईसकेको यस कुवेतमा राजनैतिक, साँस्कृतिक,व्यवासय, खेलकुद, क्षेत्रिय र जातिय संघ संस्थाहरु गठन भईसकेका छन्। यसै सिलसिलामा हिजो अप्रिल २८ तारिकका दिन जिलिब स्थित सखाहरी होटेलमा “नेपाल, कुवेत वैदेशिक रोजगार समाज” गठन भएको छ |
गत अप्रिल २५ तारिक २०१५का दिन गएको बिनाशकारी भुकम्पले नेपालमा हजारौको ज्यान गएको ,हजारौ घाइते भएका र अरबौको भौतिक बिनाश भएको अतिनै दयनिय अवस्थामा गहिरो दु.ख ब्यक्त गर्दै दिवङगत आत्मालाई चिर शान्ति मिलोस, मृतकका परिवारमाथि धैर्यधारण गर्ने शक्ति प्रदान होस् साथै उपचार्थ घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै हाम्रो यो सानो सहयोगले दुखेको घाउमा मलहम सरह काम गर्ने छ र आलो घाउमा शितल प्रदान गर्ने छ भन्दै स्थापान भए पश्चात नै यस नेपाल, कुवेत वैदेशिक रोजगार समाजले कुवेती डिनर ६११ नेपाली रुपयाँ करिब २ लाख नेपाली राजदुताबास कुवेतका महामहिम राजदुत यज्ञ बहादुर हमाललाई अध्यक्ष आनन्द शमसेरको टोलीले हस्तान्तरण गरेको छ |
नेपाल, कुवेत युनिक संघका अध्यक्ष सुमन केसी प्रमुख अतिथि रहेको उक्त भेलामा आनन्द शमसेर भाटको अध्यक्षतामा ९ जना कार्यसमिति खाडा गरेको हो |अध्यक्ष आनन्द शमसेर भाटले परदेशी खबर संग कुरा गर्दै आफु सक्रिय भई कुबेत स्थित सम्पूर्ण संघ सस्था सँग हातोमालो गरी अगी बढ्ने र आफ्नो संस्था बैदेसिक रोजगार सम्बन्धीत भएकोले बैदेसिक रोजगारको सिलशिलामा कुबेत आएका महिला तथा पुरुष कामदार हरुलाई परी आएको समस्यामा अवस्य सहयोग गर्ने बताए |
पदाधिकारीहरुको नामावली यस प्रकार रहेको छ |
अध्यक्ष: आनन्द शमसेर भाट
उपाध्यक्ष: देव तामाङ
महासचिव: उत्तम थापा
सचिव: सजना गुरुङ
कोषाध्यक्ष: खगेन्द्र लम्साल
सदस्यहरु: गीता गुरुङ, सकिला मिया, बालिका तामाङ, रसुल मिया, मिना खरेल
source: pardeshikhbar.com