नेपाललाई ४१ अर्बभन्दा बढी रकम आवश्यक : राष्ट्रसंघ


UN_20150430095827काठमाडौ, वैशाख १७ – संयुक्त राष्ट्रसंघले नेपालमा आएको महाभूकम्पबाट पिडितहरूलाई सामान्य जनजीवनमा ल्याउन तत्कालका लागि ४१ अर्व ५० करोड राहत सहयोग आवश्यक पर्ने बताएको छ। राष्ट्रसंघको मुख्यालय न्यूयोर्क, जेनेभा र काठमाडौं स्थित कार्यालयबाट एकै पटक अन्तराष्ट्रिय समुदायलाई अपिल गरेको हो। ५ हजार बढी नेपालीको ज्यान गएको छ भने १० हजार बढी घाइते रहेको अवस्थामा ७० हजार घरहरू ध्वस्त भएका छन भने ५ लाख ५३ हजार बढी घरहरू कुनै न कुनै रुपमा क्षतीग्रस्त भएका छन्।

संयुक्त राष्ट्रसंघले शनिबार आएको महाभुुकम्पमा परेर करिव एक करोड नेपाली प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभावित भएको बताएको राष्ट्रसंघले आफ्नो आन्तरिक र सरकारसंगको संयोजनमा गरेको प्रारम्भिक अध्ययनमा त्यस्तो अवस्थाको प्रारम्भिक आंकलनको रुपमा जानकारी दिएको हो।

प्रभावित ३९ जिल्ला मध्ये ८० लाख कम प्रभावित स्थानमा र अत्यन्त प्रभावित ११ बढी जिल्लामा २० लाख जनता प्रभावित भएको छ। यति धेरै नेपाली प्रभावित भएकोमा दुःख ब्यक्त गर्दै उनीहरूको जीवनस्तरलाई तत्काल साधारण अवस्थामा ल्याउनको लागि राष्ट्रसंघले राष्ट्रसंघिय राहात कोषबाटे तत्कालका लागि १५ मिलियन अमेरिकी डलर (एक अरब ५० करोड) रुपैयाँ छुट्याएको जानकारी मंगलबार दिएको थियो । यसैबीच एसियाली विकास बैकले ३० करोड नेपाली रुपैयाँ सहयोग गरेको छ। मोरक्कोले पनि नेपाललाई एक करोड रुपैयाँ सहयोग गरेको छ। (कान्तिपुर अन्लाईन )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.