भूकम्पमा मृत्यु हुनेको संख्या ५ हजार नाघ्यो


काठमाडौ, वैशाख १६ – शनिबार गएको महाभूकम्पमा परी मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ । प्रहरीका अनुसार सबैभन्दा बढी मानवीय क्षति सिन्धुपाल्चोक जिल्लामा भएको छ । सिन्धुपाल्चोकमा हालसम्म १३७६ को मृत्यु भएको प्रहरीले जनाएको छ । देशभरी १०२६० घाइते भएका छन् । काठमाडौंमा मात्रै १०३९ जनाको मृत्यु भएको छ । उपत्यकामा मृतकको संख्या १४४८ पुगेको छ ।
उपत्यकाबाहेक नुवाकोट, धादिङ, रसुवा र काभ्रेमा पनि मृतकको संख्या अधिक छ । नुवाकोटमा ५६० जनाले ज्यान गुमाएका छन् । धादिङमा मृतकको संख्या ३५५ छ । रसुवामा ३०२ को मृत्यु भएको छ । काठमाडौंमा मात्रै २१३२ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । भक्तपुरका १८६९ घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ । ललितपुरमा घाइतेको संख्या १६० छ । काभ्रेमा घाइतेको संख्या ८४८ छ भने रसुवामा ७०० घाइते भएको तथ्यांक छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.