एक दिनको तलब दुखेको घाउमा मलम लगाउन किन नदिने ?


ईन्द्र भुसाल,कुवेत
11208827_857229954356737_626346567_nराजनितिक खिचातानीले आर्थिक अवस्था कमजोर बन्दै गएको नेपाल र नेपालीहरुका दिनचार्यको बिचमा अस्ती २५ अप्रिल मा आएको बिनाशकारी भुकम्पले कहिलै नमेटिने घाऊ बनाएको मात्र होईन कयौ को जिन्दगी समाप्त गरेयो ,कयौलाई टुहुरो बनायो कयौको सिन्धुर पुछेयो ,सयौको काख रित्तायो अनी लाखौंलाई घरबार बिहिन बनायो भने हजारौलाई घाइते बनाएको छ । देश रोएको छ बस्ती उजाडिएको छ अनी हाहाकार र कोलाहलका तस्बिर सामाजिक सञ्जालमा राखिएका छन । हेर्दा हेर्दाइ सुन्दर  देश बर्षउ पछाडि धकेलियो छ भने प्रबाशमा भएका हामी नेपालीहरु केवल हेर्न बिबस भएका छौ ।

हो हामी तत्काल नेपाल गएर त्यो दुखेको घाऊ ,त्यो रित्तिएको सुन्दर बस्ती ,त्यो आर्यघाट अनी त्यो जमिन मुनी छट्पटिएका नेपालीहरुलाई उद्दार गर्न सक्दैनौ तर उनिहरुको लागि चाहिने आबस्यक बस्तुको परिपुर्ती ,औसधी ब्यापब्स्थानमा सहयोग पुग्ने र दैनिक खाध्य पदार्थ देखी पानी सम्म किन्न सकिने बस्तु भनेको बर्तमानमा आर्थिक सहयोग हो त्यो हामी अबस्य गर्न सक्छौ । हामी जानु नै पर्दैन यदी हामी त्यो दुखेको घाउमा मलम पट्टी लगाउन किनकी चाहिने भनेको आर्थिक मुख्य कुरा हो जुन प्रबाशका नेपालीहरुले गर्न सकिन्छ । हामी हरेक हप्ता बिदामा निस्कने गर्छौ र अरु नभएपनी एक दिनको तलब मास्ने गरिन्छ ।

sssबाहिर खाने बस वा ट्याक्सी मा हिंड्ने रमाइलो गर्नेमा हाम्रो एक दिनको कमाई अनिबार्य जान्छ भने आज देश रोएको बेला हामी त्यो एक दिनको कमाई किन नदिने ?एक दिनकै भनेर सक्नेले १ महिनाको पनि दिउ र साथीहरुले दिनु पनि भएको छ तर एक दिनको सन्धर्व मैले यहाँ त्यसरी जोड्न चाहे कि हामी उल्लेख्य नेपालीहरु बाहिर छौ र संपर्कमा आउन सक्ने ले एक दिनकै तलब दियौ भनेपनी त्यो रोएको बस्ती त्यो रिएको मन त्यो रित्तिएको काख अनी त्यो घाइते शरीरलाई ठुलो सहयोग पुग्ने छ भने हाम्रो प्रबाशी जीवनको एक्लोपनमा पनि मैले देश रोएको बेला सहयोग गर्दा पक्का आनन्द हुनेछ ।

हिजो कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघँ सस्थाहरुले सहयोग रकम घोषणा गर्नु भएको छ जुन सस्था हुनुको कर्तब्य हो र अब हामीले सम्पूर्ण नेपालिहरु मिलेर सहयोग गर्न चाहेउ भने हिजो को १७ लाख करिबमा अरु उल्लेख्य रकम थप्न सकिन्छ । नेपाली मन अनी नेपाली पन जतिबेलापनी आबस्यक पर्दा हामी एक भएको हो र सधैं एक हुनेछौ तसर्थ सम्पूर्ण प्रबाशी   कुवेतबाशि नेपालीहरु हामी एक दिन देशको लागि काम गरौ त्यो दुखेको मन लाई सहयोग गरौ

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.