Daily Archives: 28/04/2015

एक दिनको तलब दुखेको घाउमा मलम लगाउन किन नदिने ?


ईन्द्र भुसाल,कुवेत
11208827_857229954356737_626346567_nराजनितिक खिचातानीले आर्थिक अवस्था कमजोर बन्दै गएको नेपाल र नेपालीहरुका दिनचार्यको बिचमा अस्ती २५ अप्रिल मा आएको बिनाशकारी भुकम्पले कहिलै नमेटिने घाऊ बनाएको मात्र होईन कयौ को जिन्दगी समाप्त गरेयो ,कयौलाई टुहुरो बनायो पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्रीद्वारा राष्ट्रका नाममा सम्बोधन, तीन दिन राष्ट्रिय शोक


SushilKoirala-pm_20150103024151काठमाडौं , वैशाख १५ – प्रधानमन्त्री सुशील कोइरालाले मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेका छन् । प्रधानमन्त्रीले विनासकारी भूकम्पमा परी जीवन गुमाएका नेपालीको सम्झनामा मंगलबारदेखि ३ दिन सम्म शोक मनाउने घोषणा गरेका छन् । प्रधानमन्त्रीले स्वदेशका सम्पूर्ण सरकारी कार्यालय र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने पनि घोषणामा उल्लेख गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

गृह र अर्थमन्त्रीबीच राहत प्याकेजमा विवाद


सरकारी अधिकारीहरु कामभन्दा बैठकमा व्यस्त
१५ वैशाख, काठमाडौं । विनाशकारी महाभूकम्पबाट जनधन गुमाउने जनतालाई राहत घोषणा गर्ने विषयमा सरकारका दुई प्रभावशाली मन्त्रीबीच विवाद भएपछि तत्काल राहत रकम घोषणा गर्न मन्त्रिपरिषद असफल भएको छ । मन्त्रिपरिषदको सोमवार राति अबेरसम्म बसेको बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री बामदेव गौतमले घर भत्किएका र मृतकका परिवारलाई राहत दिनका लागि राखेको प्रस्तावमा अर्थमन्त्री डा. रामशरण महत असहमत भएपछि निर्णय हुन नसकेको स्रोतले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालमा भएको महाबिनासकारी भुकम्प पिडितहरुको लागि कुवेतबाट राहत अभियान सुरु


शिव पौडेल 
सँघ-सँस्थाहरुबाट घोषित रकम १७ लाख भन्दा बढी
11161345_10153222754282645_6945623130996819692_nगत शनिबार मध्याहृन आएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउने र भौतिक क्षेती हुन पुगेकोमा कुवेतमा रहेका सँघ सँस्थाहरु राहत संकनमा एकजुट भएका छन। यसै बिच हिजो कुवेत स्थित एसिया एसिया रेस्टुरेन्टमा कुवेतका दर्जनौ सँघ सँस्था र व्याक्तिहरुको सहमतिमा दिपक क्षेत्री संयोजक रहेको पाँच सदस्यीय समिती बनेको छ। पढ्नेक्रम जारी राख्नुहोस्