काठमाडौ, वैशाख १३ – शनिबार गएको महाभूकम्प पीडितलाई सहयोग गर्नको लागि सरकारले सबै क्षेत्रसम्बद्ध व्यक्तिहरुसाग आग्रह गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विज्ञप्ती जारी गर्दै सहयोगको अपिल गरेको हो ।
आर्थिक सहयोग गर्न चाहनेले विभिन्न बैंकमा रहेको प्रधानमन्त्री राहत कोषको खातामा रकम जम्मा गर्न सक्ने उल्लेख छ ।
ईच्छुकले निम्न बैंकहरुमा रहेको खातामा रकम जम्मा गर्न सक्नेछन् ।
बैंक खाता नम्बर
एभरेष्ट बैंक ००१००१०५२००२७०
एभरेष्ट बैंक ००१०११०२२०००१२
नेपाल बैंक ००२ ११ ०५३३१३
ग्लोबल बैंक ०४११०१००००००५
स्ट्यान्डर्ड चार्टर बैंक १८०१३२४३८०१
नेपाल बंगलादेश बैंक ०३५१४१सी