Daily Archives: 26/04/2015

भुकम्प पीडित नेपालीहरुको सहयोगको लागि भोली बेलुकी ५ बजे मालियामा सम्पूर्ण संघँ-सस्थाको प्रतिनिधित्वमा बैठक बस्दै


ईन्द्र भुसाल ,कुवेत
Captureहिजो गएको बिनाशकारी भुकम्पले नेपालमा सयौको ज्यान गएको ,हजारौ घाइते भएका र अरबौको भौतिक बिनाश भएको अतिनै दयनिय अवस्थामा जन्मभुमी रहेको अवस्थामा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघँ सस्थाहरुको प्रतिनिधित्व हुने गरी बिशेष राहत सन्कल अभियानको लागि भोली ५ बजे कुवेत सिटी मालियामा बैठक बस्ने जानकारी आएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

विनाशकारी भूकम्पले २३ जिल्लामा १८८३ जनाको मृत्यु पुष्टि


सबैभन्दा बढि काठमाडौं, भक्तपूर, सिन्धुपाल्चोक र नुवोकटमा
मात्रिका पौडेल
१३ वैशाख, काठमाडौं । विनाशकारी भूकम्पबाट मृत्यु हुनेको संख्या करीव १९ सय पुगेको गृह मन्त्रालयले जनाएको छ । देशैभरिबाट प्राप्त तथ्याङ प्रशोधनपछि हालसम्म १८ सय ८३ जनाको मृत्यु पुष्टि भएको हो । घाइतेको संख्या करीव ५ हजार छ । सबैभन्दा बढि काठमाडौंमा ७ सय २३ जनाको मृत्यु भएको छ । त्यस्तै काठमाडौंपछि सबैभन्दा बढि मानवीय क्षति भक्तपूरमा २०५ जनाको मृत्यु पुष्टि भएको गृह मन्त्रालयले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

भुकम्प पीडितलाई सहयोग गर्न एनआरएनए एनसिसि कुवेतको हार्दीक अपील


blogger-image--1715290733(२५ अप्रिल)का दिन नेपालमा शक्तिशाली भुकम्प गई सयौको ज्यान गएको छ लाखौँ घाइते भएका छन् र अर्बौको क्षति भएको छ । प्रारम्भिक रुपमा मात्रै हेर्दा जुन भयाबह स्थिति देखिएको छ ; यसले क्षतिको स्वभाविक अनुमान गर्न सकिन्छ । जुन देशमा आएको महासंकट हो । सम्पूर्ण नेपाली जनता र देशले दुःख पाएको यस दुखद घडिमा हामी बिदेशमा रहेका नेपालीहरुको भुमिका र दायित्व प्रमुख हुन्छ र हुनै पर्छ । त्यसैले कुवेतबासी सम्पूर्ण नेपालीहरुलाई नेपाली जनताको यस आपतकालीन घडीमा सहयोग अभियानमा जुट्न र जुटाउन आह्वान गर्दछौ। हामी कुवेत बासि नेपालीहरुले केही दिन अगाडि घटेको घट्ना जुन आगो लागि पीडितहरुलाई हामीले मे १५ सम्म मात्र यो राहत उठाउने निर्णय गरेता पनि यो राहत संकलन कुवेतमा निरन्तर रहने छ पढ्नेक्रम जारी राख्नुहोस्

दलित संजालको आपतकालीन बैठक बस्यो, भूकम्प पिडितलाई सहयोग उठाउने


dदलित एकता संजाल नेपाल आइसीसीले आज बेलुका आपतकालीन बैठक बसी नेपालमा आज मात्र आएको बिनाशकारी महाभुकम्पका बिस्थापित तथा मृतकका परिवारलाई सहयोग जुटाउन संजालको सम्पुर्ण शक्ति लागी परी अन्तराष्ट्रीय स्तरबाट सहयोग जुटाउने निर्णय गरेको छ |संजाल संयोजक खिम बहादुर श्रीपालीको अध्यक्ष्यतामा बसेको संजाल आइसिसिको आपतकालीन बैठकले आजै मात्र नेपालमा भएको महाभूकम्पले अत्याधिक जनधनको क्षति भएकोले मानबिय सेवामा सधै अग्रपंतिमा रहेको संजालको सामाजिक अभियानले उक्त महाभूकम्प पिडितहरुको लागि आजैबाट बिश्वब्यापी रुपमै सहयोग संकलन समिति निर्माण गरी राहत संकलन अभियान सुरु गर्ने निर्णय गरेको छ | पढ्नेक्रम जारी राख्नुहोस्