भोली कुवेतमा साँस्कृतिक कार्यक्रम,साँस्कृतिक मञ्चका कलाकारको साथमा सीमा संग्रौलाको प्रस्तुती रहने


ईन्द्र भुसाल ,कुवेत
10500261_883181875076459_7975014951140391990_nप्रबाशको बसाईमा पट्यारलाग्दो जिन्दगी अनी प्रचन्ड गर्मीको सुरुवात भएको अवस्थामा कुवेतमा कृयाशिल नेपाली संघ-सस्थाहरुको कुनै न कुनै कार्यक्रमले रमाईलो मात्र होईन ज्ञान बर्धक परिबेश निर्माण गरेको छ । प्रचन्ड गर्मीको स्रुरुवात हुनै लाग्दा भर्खर मात्र नयाँ नेपाली बर्ष २०७२ सुरु भएको समयलाई ध्यान दिदै कुवेतमा लामो समयदेखी कृयाशिल नेपाल कुवेत साँस्कृतिक मञ्चले भोली जिलिबमा आयोजना गर्ने बिशेष साँगेतिक कार्यक्रमको मनोरन्जन लिएर हप्ता भरिको थकाई मेट्ने अबसर मिलेको छ भने नेपालबाट अतिथी कलाकारको रुपमा कुवेत आएकी कलाकार सिमा संग्रौलाले आफ्नो बिशेष प्रस्तुतीले कुवेतबाशी नेपालीबिच आफ्नो कलाको छाप छोड्ने अबसर पराप्त गरेकी छन ।
बिगतमा बिभिन्न सास्कृतिक कार्यक्रमदेखी बेला बखत सामाजिक कार्यमा समेत सरिक भएको मञ्चका स्थानिय कलाकार यबम लोक गाएक माधव शर्मा (अध्यक्ष ) ,सिमा घिमिरे ,डोलराज न्यौपाने लगायत अन्य मञ्चका कलाकारहरुको प्रस्तुती रहने आयोजकले बताएका छन । गत शुक्रबार कतारमा भएको साँस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुती पछी सिमा कुवेत आएकी हुन । “के नै रुनु छर “. “जितेर मेरो मन”जस्ता लोकप्रिय गीत गायकी कलाकार अस्ती मंगलबार कुवेत आएकी हुन । जिलिबको बिडिङ हलमा आयोजना गरिने कार्यक्रममा सम्पूर्ण कुवेतबाशी नेपालीहरुलाई उपस्थित भएर कार्यक्रम सफल बनाउन आयोजकले अपिल गरेका छन भने कार्यक्रमको तयारी पुरा भएको जानकारी पहिलेनै आएको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.