गोल को बर्ष नेपाली चेलीहरुको आक्रमण : माल्दिभ्सबिरुद्ध १०-0 गोल


11149490_966518586706438_9149527907701559250_nकाठमाडौंमा जारी एएफसी एएफसी यु–१४ गल्र्स रिजनल च्याम्पियनसीपमा नेपालले लगातार दोस्रो जित दर्ता गराएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार भएको सो प्रतियोगितामा नेपाली महिला टोलीले माल्दिभ्सलाई १०–० को फराकिलो गोल अन्तरले पाखा लगाउँदै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको हो ।

चौध वर्षमुनिका महिला खेलाडी सम्मिलित प्रतियोगिताको यस जितसँगै नेपाल सेमिफाइनल नजिकसमेत पुगको छ । यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले इरानलाई ३–२ गोलअन्तरले पराजित गरेको थियो

नेपालको जितमा रेखा पौडेल र निर्मला उपाध्यायले ह्याट्रिक पूरा गरे । यस्तै मनिषा राउतले दुई गोल गर्दा मञ्जली कुमारी र सञ्जना लावतीले समान एक–एक गोल गरे ।

जितपछि नेपालका प्रशिक्षक किशोरकुमार केसीले आफ्नो टोलीले उत्कृष्ट खेल प्रर्दशन गरेको भन्दै भोलिको खेलमा पनि अझ राम्रो खेल प्रर्दशन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

माल्दिभ्सकी प्रशिक्षक कावामोतो नाओकोले प्रतियोगितामा आफ्नो टिमको पहिलो अनुभव भएकाले पनि हारले आफूलाई खासै असर नगरेको टिप्पणी गर्नुभयो । नेपालले बुधबार श्रीलङ्काको सामना गर्नेछ ।

मंगलबार नै भएको अर्को खेलमा इरानले श्रीलंकालाई ११-० ले पराजित गरेको छ भने भारत र बंगलादेशले १-१ को बराबरी खेलेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.