विवाद मिलाउने जिम्मा तीन नेतालाई


शेखर अधिकारी
three-major-political-parti_20150420103250संघीयता’bout टुंगाे लगाउने छलफल भाेलिदेखि
काठमाडौं, वैशाख ७ – संविधानका विवादित विषयमा तीन दिनभित्र सहमति खोज्ने जिम्मा तीन दलका शीर्ष नेतालाई दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको बैठकले विवादित विषयमा सहमति खोज्ने जिम्मा प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको हो ।

एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठका अनुसार वैशाख १० गतेभित्र सहमति वा विकल्प पेश गर्न भनिएको छ । संविधानसभाको बैठक १० गते बस्दैछ । ९ दिने भ्रमणका लागि सोमबार नै इन्डोनेसिया जाने भएकाले प्रधानमन्त्री सुशील कोइरालाले कांग्रेसका तर्फबाट शीर्ष तहमा गर्ने छलफलको जिम्मा कुनै एक नेतालाई दिनेछन् । ‘अब धेरै नअल्मलिऊँ भन्ने कुरा भयो,’ उनले भने, ‘केही दिनभित्रै ठोस निष्कर्षमा पुग्छौँ ।’

एमाले प्रमुख सचेतक अग्नि खरेलले विवाद समाधान भएको विषयलाई मस्यौदामा लैजाने विषयमा सैद्धान्तिकरुपमा एमाओवादी पनि तयार भएको बताए । उनले १० गतेको बैठकमा एमाओवादी संविधानसभा बैठकमा भाग लिने वातावरण बन्दै गएको उल्लेख गरे ।

संघीयताबाहेकका विषयलाई मस्यौदा गर्दै जाने निर्णय गरेका कांग्रेस-एमालेले एमाओवादीसँग ठोस वार्ता गर्ने निर्णय आइतबार गरेका थिए । आइतबार नै एमाओवादी बैठकले सहमतिका लागि लचक हुँदै वार्ता गर्ने निर्णय गरेको थियो ।(कान्तिपुर अन्लाईन )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.