काठमाडौंमै भित्रियो स्वाइन फ्लु ! वैदेशिक रोजगार व्यवसायी बटाजुको निधन


Som-Lal-Batajoo७ वैशाख, काठमाडौं । जाजरकोटमा महामारीको रुपमा फैलिएको स्वाइन फ्लुले काठमाडौंमा पनि विरामीको मृत्यु हुन थालेको छ । स्वाइन फ्लुका कारण आइतबार राति काठमाडौंमा वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष सोमलाल बटाजुको निधन भएको छ । स्वाइनफ्लुको संक्रमण भएपछि बटाजु दुईसाता अघि नै ग्राण्डी अस्पतालमा भर्ना भएका थिए । धापासीस्थित चर्चित एसओएस म्यानपावरका सञ्चालकसमेत रहेका बटाजुको अाइतबार राति १ बजेर २० मिनेट जाँदा निधन भएकाे ग्राण्डी अस्पताल स्राेतले अनलाइन खबरलार्इ बतायाे । बटाजुलाई उपचारका लागि भारत लैजान खोजिएको भए पनि स्वाइफ्लु संक्रमितलाई उताबाट चासो नदिएकाले लैजान नसकिएको पारिवारिक स्रोतले बतायो । स्रोतका अनुसार बटाजुका निजी सहयोगीलाई पनि स्वाइफ्लु संक्रमण भएको छ । जाजरकोटबासीहरु स्वाइनफ्लुको संक्रमणमा छटपटाइरहेका बेला अब प्रशस्तै अस्पताल र डाक्टरहरु रहेको राजधानीमै यसको जोखिम बढेको छ ।
निमाेनियामामाथि स्वाइन फ्लु
ग्राण्डी अस्पतालकाे अाइसीयुमा राखेर उपचार गरिएका बटाजुलार्इ डा. सुवास अाचार्य र डा. अर्जुन कार्कीले हेरेका थिए । अस्पताल स्राेतका अनुसार ६८ वर्षीय बटाजुलार्इ निमाेनिया भएपछि चैत २९ गते भर्ना गरिएकाे थियाे । उनलार्इ निमाेनिया भएकाे अवस्थामा स्वाइन फ्लुले अाक्रमण गरेकाे ग्राण्डी अस्पताल स्राेतले अनलाइनखबरलार्इ बतायाे । ‘याे केस ठ्याक्कै एमाले नेता रामनाथ ढकालकाे जस्तै भयाे’, स्राेतले भन्याे, ‘निमाेनियामाथि स्वाइन फ्लुले अाक्रमण गर्याे ।’
यसअघि ग्राण्डी अस्पतालमै एमाले नेता रामनाथ ढकालको पनि स्वाइफ्लुका कारण निधन भएको थियो । ढकालभन्दा अघि काठमाडाैंकाे माेडेल अस्पतालमा क्षेत्रपाटी निवासी एक महिलाको स्वाइनफ्लुका कारण मृत्यु भएकाे थियाे ।
काे हुन् बटाजु ?
वैदेशिक रोजगार व्यवसायी संघमा वि.सं ०६४ देखि ०६६ सम्म प्रथम उपाध्यक्ष र २०६६ देखि ०६८ सम्म अध्यक्ष रहेका बटाजु लामो समयदेखि वैदेशिक रोजगार व्यवसायमा आवद्ध थिए । त्यसअघि वन अधिकृतको रुपमा निजामती सेवामा कार्यरत बटाजु जाइकाको वन संरक्षण समितिमा नेशनल को–अर्डिनेटर भर्इ काम गरेका थिए । उनी वैदेशिक रोजगार व्यवसायी संघको आगामी वैशाख २५ गते हुने भनिएको निर्वाचनको प्रमुख निर्वाचन अधिकृतसमेत ताेकिएका थिए ।
(अन्लाईन खबर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.