Daily Archives: 19/04/2015

६ प्रदेशमा नयाँ समझदारी


बलराम पाण्डे
काठमाडौं— प्रदेशको नाम र सीमासम्बन्धी सबै प्रस्ताव अनुसूचीमा राखेर ६ प्रदेशको संघीय संरचनासहित नयाँ संविधानको मस्यौदा जनतासमक्ष लैजान प्रमुख दल अनौपचारिक रुपमा सहमत भएका छन्। संख्या विवाद टुंगिए पनि प्रदेशको नाम र सीमानामा सहमति नजुटेपछि कांग्रेस–एमालेसहित सत्तारुढ दल र एकीकृत माओवादीसहित विपक्षी दलबीच अनौपचारिक छलफलक्रममा यस्तो समझदारी जुटेको हो। पढ्नेक्रम जारी राख्नुहोस्

जाजरकोटमा एक चौथाइ बिरामीमा स्वाइनको लक्षण


अतुल मिश्र
serius-birami_20150419095839काठमाडौ, वैशाख ६ – जाजरकोटमा शनिबारसम्म उपचारका लागि आएकामध्ये करिब एक चौथाइमा रुघाखोकी जस्तो इन्फ्लुएन्जाको लक्षण देखिएको छ । त्यहाँबाट एक साताअघि ल्याइएको थुकको नमुनामध्ये एक चौथाइमा यसअघि नै स्वाइन फ्लुको संक्रमण पाइएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्