ईन्द्र भुसाल ,कुवेत
समुन्द्रले नछोएको नेपालमा हावाई जहाज मार्फत कार्गो महँगो भएको अवस्थामा कुवेतमा रहेको चर्चित कार्गो कम्पनी TVS कार्गोले सुपथ मुल्यमा सेवा उपल्बध गराएको जानकारी डम्मर जङ् मल्लले बताएका छन । आफ्नो ब्यापारिक बजार बिस्तारको क्रममा यो कम्पनीले नेपालमा कार्गो सेवा सञ्चालनलाई बिशेष ध्यान दिएको जनाईएको छ । निकट भबिस्य नेपाली समाजले आयोजना गर्ने कार्यक्रमलाई प्रायोजित गर्दै आफ्नो सेवालाई नेपालीहरुको बिचमा प्रचार प्रसार गर्ने योजना कम्पनको रहेको छ । कार्गो गर्दा २५ केजी समान अनिबार्य हुनुपर्ने लगायत बिभिन्न जानकारी सहितको प्रचार ब्यानर हामीलाई उपलब्ध भएको छ ।
Daily Archives: 16/04/2015
TVS कार्गोले नेपालमा छिटो छरितो सेवा पुराउदै
Posted in विविध
दुई एशोशिएट टीमले पनि एसिया कप खेल्न पाउने
अब २० र ५० ओभरमा आलोपालो
३ वैशाख, काठमाडौं । आगामी वर्ष सन् २०१६ मा आयोजना हुने एसिया कप क्रिकेट २० ओभरको हुने भएको छ । एसियन क्रिकेट काउन्सिल एसीसीको क्वालालम्पूरस्थित कार्यालय बन्द गर्ने तथा संरचनामा कटौती गरी आइसीसीले नै हेर्ने गरी पुनःसंरचना गर्ने तयारी भइरहँदा एसियन कप पनि नहुने हो कि भन्ने आशंका थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओलीबीच भनाभन
कुलचन्द्र न्यौपाने, दुर्गा खनाल
काठमाडौं, वैशाख ३ – संविधान जारी गर्ने समयसीमा तोक्ने/नतोक्ने विषयमा सत्तारूढ दल कांग्रेस र एमालेबीच खटपट भएको छ । एमालेले जेठ १५ नभए असार मसान्तसम्म संविधान जारी गर्ने गरी प्रक्रिया निर्धारण गर्नुपर्ने प्रस्ताव गरेको छ । तर प्रधानमन्त्री सुशील कोइराला मिति तय नगरी जानुपर्ने अडानमा छन् । यही विषयमा गत आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलको बैठकमा प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष केपी ओलीबीच चर्को भनाभनसमेत भएको थियो । त्यसयता दुई दलका शीर्ष नेताको बैठक बसेको छैन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार