जाजरकोटमा थप एकको मृत्यु, मृतकको संख्या १७ पुग्यो


२ बैशाख, जाजरकोट । जाजरकोटमा फैलिएको महामारीबाट ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । बुधबार बिहान टालेगाउँका एकको मृत्यु भएपछि मृतकको संख्या १७ पुगेको हो । टालेगाउँ गाउँ विकास समिति वडा नम्बर सातका ६५ वर्षका दलबहादुर शाहीको मृत्यु भएको हो । टालेगाउँमा एकसय ५० जनाभन्दा बढी बिरामी परेका छन् । उनीहरुलाई साधारण रुघाखोकीको औषधी दिइएको छ । नेपाली सेनाका प्रणय कार्की नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोली आज पुग्ने प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले अनलाइनखबरलाई जानकारी दिए ।
प्रजिअ बस्नेतका अनुसार थप औषधी पठाउन केन्द्रलाई भनिएको छ भने, आजै जिल्ला दैवी प्रकोप उद्दार समितिको बैठक बोलाइएको छ । बैठकमा मिसन अस्पताल चौरजहारी रुकुम र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट स्वास्थ्यकर्मी मगाउने विषयमा छलफल हुनेछ । झन्डै दुई हप्तादेखि फैलिएको महामारीका पीडितहरु मध्ये १२ जनाको स्वास्थ्य परीक्षणका लागि काठमाडौं ल्याइएको छ । जसमध्ये तीन जनामा भने स्वाइन फ्लुका जीवाणु भेटिएका छन् । अन्यको भने रिर्पोट आउन बाँकी छ । महामारी जाजरकोटको पैक, अर्छानी, नायकबडालगायतका गाविसमा फैलिएको छ ।
– See more at: http://www.onlinekhabar.com/2015/04/266025/#sthash.GGPifZ3u.dpuf

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.