घरघरमै थला परे बिरामी


भीमबहादुर सिंह
Jajarkot-photo_20150414100356गाउँमा युवा नहुँदा बिरामीलाई स्वास्थ्यकेन्द्र लैजाने समेत कोही भएन
पैंक (जाजरकोट), वैशाख १ – पैंक ६, कफल्लाँकी तुलसी परियार थला परेको ५ दिन भयो । टाउको दुख्ने, ज्वरो आउने, घाँटी दुख्ने, हातखुट्टा झमझमाउने र श्वासप्रश्वासमा समस्या हुने बिरामीले उनलाई सताएको छ । श्रीमान् लक्षे परियार रोजगारीका लागि भारत गएकाले स्याहारसुसार गर्ने घरमा कोही छैन ।

सोही गाउँका लालसरी परियार, पृथ्वीबहादुर रोकाय, कमारो रोकाय, कालिका रोकाय, नवराज, इला रोकायलगायत सर्वसाधारण पनि ३/४ दिनदेखि बिरामी छन् । उनीहरूलाई पनि तुलसीकै जस्तो समस्या छ । उनीहरू उपचारका लागि स्वास्थ्यकर्मीकहाँ पुग्न सकेका छैनन् । घरमै बसेर जडिबुटी र धामीझँाक्रीको भर पर्न बाध्य छन् ।

उनीहरूलाई बोकेर उपचार केन्द्रसम्म लैजाने कोही छैनन् । कतिले उपचारका लागि स्वास्थ्य केन्द्रमा जान मानेका छैनन् । छिमेकमा सबैलाई एकैखाले लक्षणकोे रोग देखिएको छ । ‘एक/दुई दिनमा सन्चो भैहाल्ला भन्दा त झन् च्याप्दै ग्ायो,’ परिमल परियारले भने, ‘डाक्टर उपचार गर्न घरमा आउँदैनन् ।

स्वास्थ्य केन्द्र पुग्न दुई घण्टाभन्दा बढी लाग्छ । बूढाबूढीलाई कसले बोकेर अस्पताल पुर्‍याइदिने ?’ साताभित्रै गाउँभर रोग फैलिएको थियो । के रोग रहेछ त्यो पनि पत्ता नलागेको उनले बताए । अपायक ठाउँमा स्वास्थ्य संस्था हुँदा रोग प्रभावित क्षेत्रका बासिन्दालाई उपचारमा समस्या भएको छ ।

गाउँमा स्टेचरको पनि व्यवस्था छैन । युवा जनशक्ति जति कमाइका लागि भारत पलायन भएका छन् । गाउँका बालबालिका र बूढाबूढी मात्र छन् । जसले बिरामीको उपचार तथा ओसारपसारमा समस्या भएको स्थानीय शिक्षक दीपबहादुर शाही बताउँछन् । ‘टोलटोलमा क्लिनिक राखेर उपचार गर्दा बिरामीलाई सहज हुन्थ्यो । रोग पनि छिट्टै नियन्त्रणमा आउँथ्यो,’ शाहीले भने ।

जिल्ला जनस्वास्थ्यले भने अहिले स्वास्थ्य केन्द्रमै बसेर उपचार गरिरहेको जनाएको छ । ‘यहाँ डाक्टर र औषधि छ । तर बिरामी नआउँदा समस्या भएको छ,’ उपचारमा संलग्न डा. दीपक पुनले भने । सोमबारको वषर्ाले पनि बिरामीलाई उपचारमा आउन बाधा गरेको उनले बताए । ‘दिनभर पानी पर्‍यो, ज्वरोका बिरामी चिसोमा आउन सकेनन्,’ उनले भने । वषर्ात्का कारण सोमबार दिनभर रोग प्रभावित क्षेत्रमा सम्पर्क हुन नसकेको जिल्ला स्वास्थ्य प्रमुख धीरजंग

शाहले बताए ।

नायकबाडा, अर्छानी र टालेगाउँवासीले औषधि र स्वास्थ्यकर्मीको माग गरेको शाहले बताए । दुई साताअघि फैलिएको रोगबाट जिल्लामा २ हजार बिरामी परेका छन् भने १२ जनाको मृत्यु भइसकेको छ । रोग पहिचानका लागि बिरामीको खकार, रगतलगायतको नमुना काठमाडौं पुर्‍याइएको छ । रोग प्रभावित तीन स्थानमा आइतबार चिकित्सक र औषधि हेलिकप्टरबाट पुर्‍याइएको छ । जसले रोग

नियन्त्रणमा सघाउ पुगेको स्वास्थ्य प्रमुख शाहले बताए । ( कान्तिपुर अन्लाईन )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.