जन-जागृति युवा समाजको बक्तित्व कला प्रतियोगिता तथा नयाँ भित्ते पात्रो सार्वजनिक कार्यक्रम सम्पन्न ।


ईन्द्र भुसाल ,कुवेत
1कुवेतको नेपाली समाजमा पुरानो मध्यको एक सस्था जन-जागृति युवा समाज कुवेतले आयोजना गरेको खुला नेपाली बक्तित्व कला प्रतियोगिता एबम नयाँ नेपाली बर्ष २०७२ को भित्ते पात्रो सार्वजनिक कार्यक्रम हिजो सम्पन्न गरेको छ । फरवानियाको एक कमुनिटी हलमा आयोजना गरिएको कार्यक्रम समाजका अध्यक्ष एबम पत्रकार छत्र कार्कीको सभापतित्व र उपाधक्ष्य आनन्द आचार्य र महासचिबले सयुक्त रुपमा सञ्चालन गरेका थिए। कुवेतका लागि नेपाली महामहिम राजदुत यज्ञ बहादुर हमाल प्रमुख अतिथी रहनु भएको कार्यक्रममा NRNA अध्यक्ष धर्मराज गिरी ,क्लब अध्यक्ष जय आले लगायत कुवेतमा कृयाशिल नेपाली संघँ सस्थाको प्रमुख तथा प्रतिनिधिहरु र पत्रकारहरु अतिथीको रुपमा उपस्थित रहेका थिए भने यु ए ई एक्स्चेन्जका BDM मेनेजर रन्जित पिल्लई बिशेष अतिथीको रुपमा आएका थिए।

11130302_765335370230620_5176749735250745208_nसस्थाका संरक्षकहरु ठाकुर पौडेल ,दिपक छेत्री लगायत अन्य अतिथीहरुको साथमा राजदुत हमाल ले दिप प्रज्वलन गरेर कार्यक्रमको औपचारिक उदघाटन गर्नु भएको कार्यक्रममा रास्टिय गान बजाएर मातृभूमीको सम्मान गरिएको थियो भने कार्यक्रममा उपस्थित सबैलाई उपाधक्ष्य आनन्द आचार्यले स्वागत गरेका थिए।

2कुवेतवासी नेपालीबीच आपसी सद्भाव र एकता कायम राख्न नेपाली समाज कुवेत र नेपाली दूतावास कुवेतको भूमिका बिषय राखिएको बक्तित्वकला प्रतियोगिता सुरु हुन भन्दा अगाडि राजदुत हमाल लगायत अन्य अतिथीहरुले एकै पटक नयाँ नेपाली बर्षको भित्ते पात्रो सार्वजनिक गर्नु भएको कार्यक्रममा पत्रकार देखी NRNA अध्यक्ष गिरी ,क्लब अध्यक्ष जय आले, icc कोडिनेटर सुजन केसी लगायत बिभिन्न बक्ताहरुले शुभकामना दिदै समाजले गरेको श्रीजनात्मक कार्यको तारिफ गरेका थिए। शुभकामनाकै क्रममा राजदुत यज्ञ बहादुर हमालले कुवेतमा कृयाशिल बिभिन्न नेपाली संघँ सस्थाहरुले आयोजना गरेको कार्यक्रममा सबैको शहयोग रहनु पर्ने बिस्यमा जोड दिदै सुचनामुलक बिषयहरु भित्ते पात्रोमा राखिएकोमा समाजलाई धन्यवाद दिनु भएको थियो ।

11062131_804989516223235_1695833376262687417_nभित्ते पात्रो सार्वजनिक कार्यक्रम पछी सुरु भएको बक्तित्वकला प्रतियोगितामा 6 जना बक्ताहरुले भाग लिएका थिए भने निर्णाएक मन्डलमा तोया दाहाल ,किरण पौडेल र साहित्यकार अमित राई रहेका थिए। बक्तित्वकला प्रतियोगितामा प्रथम ,दितिय र त्रितिय हुनेलाई पुरस्कार र प्रमाणपत्र राखिएको थियो भने प्रथम हुनेलाई पुरस्कार मगर संघं कुवेतका हस्ती बशन्त थापा मगरले प्रायोजन गरेका थिए। प्रथम मा बिबेक ढकाल ,(लक्ष्मी प्रशाद ढकाल )दितिय हुनेमा मध्य पश्चिम सेवा समाजका अध्यक्ष गणेश राउत र त्रितिय हुनेमा पत्रकार अर्जुन बस्नेत थिए।

11129645_549477915195420_6321887388598609635_nसमभागी हुनेहरुलाई समेत प्रमाणपत्रको बेबस्था गरिएको कार्यक्रममा निर्नाएक मन्डललाई मायाको चिनो प्रदान गरिएको थियो । बिजेता बाहेक हुनेहरुमा शान्ति राई, श्याम पराजुली र मेघराज पौडेल रहेका थिए। बिधार्थी जीवनको झल्को दिने कार्यक्रममा केही शहभागीहरु बिषयबस्तु को गहिराईमा पुग्न नसकेको देखिएको थियो भने यो प्रतियोगितामा देख्ने दर्शक र शहभागीहरुको अर्को बक्तित्व कलामा केही प्रगती गर्ने राम्रो मौका पराप्त गरेका छन । अन्तमा कार्यक्रमको समापन गर्दै अध्यक्ष छत्र कार्कीले कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल पार्न सहयोग पुराउने सबैलाई बिशेष धन्यवाद दिदै आगामी दिनमा पनि समाजले गरेका हरेक कार्यमा सबैको सहयोग रहनेमा आशाबादी रहेको जनाउदै मिडियाबाट सहयोग गर्ने सबै पत्रकारहरुलाई धन्यबाद गय्पान गरेका थिए।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.