युरोपेली संसदीय टाेलीकाे भनाईमा प्रधानमन्त्रीको आपत्ति


कुलचन्द्र न्यौपाने
SushilKoirala-pm_20150103024151आजै बोलाएर सोधे- ‘किन त्यस्तो भनेको ?’
काठमाडौ, चैत्र २७ – नेपाल भ्रमणमा रहेका युरोपियन युनियनको संसदकाे प्रतिनिधि मण्डलले बिहीबार सभाध्यक्ष सुभाष नेम्वाङसँग ‘तेस्रो संविधान सभाको निर्वाचन होला ?’ भनि गरेको प्रश्नमा प्रधानमन्त्री सुशिल कोइरालाले आपत्ति प्रकट गरेका छन् । जनआन्दोलन २०४६ का र्सवमान्य नेता गणेशमान सिंहको जन्मशताब्दिको अवसर पारेर नेपाली कांग्रेसले गरेको कार्यक्रमको राजधानीको शान्तिवाटिकामा आयोजित समापन समारोहमा बोल्दै उनले यस्ता कुरा नगर्न पनि आग्रह गरे ।

सभामा उनले भने, ‘मैले आजै युपोपियन युनियनका मान्छेसँगको भेटमा किन त्यस्तो भनेको भनेर सोधें, उनीहरुले त्यस्तो प्रश्न नगरेको बताए ।’ प्रधानमन्त्री कोइरालाले भने, ‘उनीहरुले आफूले भनेको कुरा अर्कै भएको तर ‘मिसअन्डरस्टुड’ भएर बाहिर आएको भने ।’ प्रधानमन्त्री कोइरालाले कार्यतालिका बनाएर संविधान जारी गर्ने पक्षमा आफू नरहेको बताए । माघ ८ मा संविधान जारी गर्ने भनेर कार्यतालिका बनाउदा राष्ट्रिय र अन्र्तराष्ट्रिय क्षेत्रमा विश्वसनियता खस्केको बताउदै कोइरालाले भने,’अहिले पनि साथीहरुले जेठ १५ मा संविधान जारी गर्नुपर्छ भनेका छन् । म यसको पक्षमा छैन । कार्यतालिका बनाएर जारी गर्न सकिएन भने के गर्ने ? किन जेठ १५ पुर्‍याउने ? चैत र बैशाखमा किन जारी गर्न नसकिने ?’ उनले सहमति नभएमा प्रकृयाबाट भएपनि संविधानसभाबाटै संविधान आउने बताए ।

सभामा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पनि उक्त भनाईमा आपत्ति प्रकट गरेका छन् । पछिल्लो केही समयदेखि विदेशी चलखेलले संविधान निर्माणमा दखल पुग्ने गरेको पौडेलले बताउँदै आएका छन् । पौडेलले युरोपियन युनियनको भनाई संविधान बन्न नदिने उद्देश्यका साथ आएको संकेत गरे । ‘संविधानसभाको तेस्रो निर्वाचन हुन्छ कि हुँदैन भनेर किन आयो ? यो त्यसै आएको होइन’ उनले भने,’अबपनि हामीले संविधान दिन सकेनौ भने नेपालका राजनीतिक पार्टीहरुको सन्दर्भ समाप्त भएको घोषणा गरिदिए हुन्छ ।’ उनले कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहलाले हस्ताक्षर गरेको शान्ति संझौताको इमानदारिताका साथ पालना गरेमा संविधान जारी हुने बताए । उनले जातिय आधारमा संघीयता बनाउने र एक मधेश एक प्रदेशको आधारमा संघियता बनाउनुपर्छ भन्ने दुई थरीको बन्दीमा एमाओवादी अध्यक्ष दाहाल परेको बताउदै त्यसबाट मुक्त हुनुपर्ने बताए । ‘फल पाकेपछि र्झछ, विवाद थाकेपछि मिल्छ भनेजस्तै अब सवै पार्टीहरु थाकेको अवस्थामा छन्’ पौडेलले भने, ‘बाघको घोडामा सवार हुने एमाओवादी अध्यक्ष दाहाललाई अहिले कसरी अवतरण गर्ने भन्ने चिन्ता छ । त्यसबाट हामी रेस्क्यू गर्न तयार छौ ।’

एमाले बरिष्ठ नेता झलनाथ खनालले सर्वसम्मतिमा संविधान बन्न नसक्ने बताउँदै अधिकत्तम सहमितबाट संविधान बनाउने प्रयास भएको बताए । ‘अधिकत्तम सहमति भनेको दुई तिहाईको समर्थन हो, हामी चाहन्छौ, दुई तिहाई भन्दा बढीको समर्थनमा बनोस’ खनालले भने,’सहमतिका नाममा दुई महिना धैयै गरियो । अब धैर्य गर्न सकिदैन । ३० गतेदेखि प्रकृया अघि बढ्छ ।’ उनले प्रकृया र सहमतिको प्रयास संगसंगै थालिने बताए । ‘अब पर्खाइ पुग्यो, ३० गतेदेखि संविधानसभाको बैठक हुन्छ ।प्रकृयाको सुरुवात पनि हुन्छ’ खनालले भने,’बार्ताको प्रकृया जे निस्केपनि संविधानसभाले संविधान जारी गरेरै छाड्छ ।’

०४६ सालको जनआन्दोलनका कमाण्डर सिंहको राजनीतिक योगदानका ’bout संस्मरण गर्दै ‘बलिदानी अभियान’ देशका विभिन्न भाग हुँदै शुक्रबार सम्पन्न भएको हो । अभियान फागुन ७ को प्रजातन्त्र दिवसको अवसर पारी थालिएको थियो भने समापन ०४६ सालको जनआन्दोलन सफल भई विजयी जुलुश मनाएको दिन चैत २७ गते पारेर गरिएको हो । समापनमा ०४६ सालका सयुक्त जनआन्दोलनका सहभागि दलका नेताहरुले समेत बोलेका थिए ।

गणेशमानकै जोडमा बामपन्थी दलहरुसंगको सहकार्यमा ०४६ सालको जनआन्दोलन सुरु भएको थियो र त्यसले सफलता पाएको थियो । कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको यो अभियानले दुई कित्तामा धु्रविकरकृत राजनीतिलाई एक ठाउँमा ल्याउनका लागि सन्देश दिन प्रतिष्ठानका संयोजक तथा पार्टी उपसभापति पौडेलले बताए ।

कार्यक्रममा कांग्रेस महामन्त्री प्रकाशमा सिंह, सहमहामन्त्री पुर्णवहादुर खड्का, बरिष्ठ बामपन्थी नेता विष्णुवहादुर मानन्धर, तत्कालिन नेपाल कम्युनिष्ट पार्टी बर्मा समूहका महासचिव कृष्णराज बर्मा, बरिष्ठ राजनीतिक चिन्तक निलाम्बर आचार्य लगायतले सम्वोधन गरेका थिए । यो अभियान दुई चरणमा भएको थियो । पहिलो चरणमा गणेशमान सिंह २००१ असार ५ गते भद्रगोल जेल तोडेर भारत प्रवेश गर्दाको यात्रा पछ्याउदै अभियान थालिएको थियो । बरिष्ठ नेता शेरवहादुर देउवा र उपसभापति पौडेलले भद्रगोल जेलबाट सुरु गरेको अभियान काठमाडौ, धादिङ, नुवाकोट, गोरखा, लमजुङ, तनहूँ, कास्की, स्याङजा, पाल्पा र रुपन्देहीको भैरहवामा गएर समापन गरिएको थियो । दोस्रो चरणको कार्यक्रम चैत १९ गतेबाट सुरु भयो । २००७ साल असोज २७ गते तत्कालिन राणा शासकले पर्साको ढोरीमा गणेशमानलाई पक्राउ गर्‍यो । पक्राउ गरेर काठमाडौ ल्याउदा उनलाई हिडाउदै ल्याईएको ठाउँहरुको चाँप पछ्याउदै समापन यात्रा सुरु गरिएको हो । यो समापन यात्रामा पर्सा, बारा, मकवानपुरका कार्यक्रम भईसकेका छन । अभियान अन्तर्गत चेतनामुलक सभा, अन्र्तक्रिया, पदयात्रा, गणेशमानको नममा चौतारीको निर्माण जस्ता कार्यक्रम भएका थिए । (कान्तिपुर अन्लाईन )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.