निर्णय एमाओवादी कार्यकर्ताका हातमा


मणि शर्मा
mani_sarma_40120_67919भारतले सिक्किम कब्जा गरेपछि इन्दिरा गान्धीले भनेकी थिइन्, ‘सिक्किमलाई बुलेट प्रयोग गरेर कब्जा गरियो, अब नेपाललाई ब्यालेट प्रयोग गरेर कब्जा गर्ने हो।’
जुन कुरा अब सत्यतातिर अघि बढिरहेको छ।
०६३ साल चैत ७ गतेको रौतहट नरसंहारको घाउमा टाटा नबस्दै एमाओवादीले आफ्ना जुझारु र समर्पित कार्यकर्ताको हत्यारासँग कुम जोड्दै सरकारमा आसीन भएर मधुचन्द्रिका मनाएका थिए।
आफ्ना योद्धाहरूसँगको हत्यारासँग एमाओवादीले रासलीला मनाउँदा आफ्ना सहिद कार्यकर्ता बिर्सिदियो। कार्यकर्ता हली नै ठहरिए। खेत जोतेर अनाज फलाइदिएपछि त्यसको मालिकाना हक नेताहरूले लिने।

एमाओवादीमा इमानदार नेता र कार्यकर्ता छन् भने तिनीहरूले ०६३ साल चैत ७ गतेलाई बिर्सन हुँदैन। उनीहरू स्वाभिमानी थिए भने आफूहरूसँग सरकारको रासलीला मनाउन आफ्ना सहयात्री साथीहरूको हत्याराहरूलाई पुष्पकमल-बाबुरामले रोजेकोमा ठाडै अस्वीकार गर्ने थिए।
तर तिनीहरू पनि ती दुईबीच लगनगाँठो बाँधी दिने ‘लमी’ को आदेशको अगाडि ‘महान् क्रान्तिकारी’ पुष्पकमल-बाबुरामको लाइनमा उभिन पुगेर आफ्ना सहिदहरूको अपमान गरे।
 यो तिनीहरूले बिर्से कि यदि एक दिन तिनीहरूको अवस्था पनि रौतहटका ती सहयात्री साथीहरूको जस्तो हुन गए पुष्पकमल-बाबुरामले गोहीको आँसु झारेर यसरी नै झारा टार्नेछन्।
पुष्पकमल-बाबुराम आफ्नो स्वार्थका लागि आफ्ना कार्यकर्ताको बलि चढाउन रत्तिभर अफशोच मान्दैनन्। झन मृतात्माको लास बोकेर लासको व्यापार गर्नेछन्।
मधेसवादी र एमाओवादी दुई ध्रुवीय दल हुन्।
एमाओवादी संशोधनवादी भए पनि उसले देखाउने हात्तीको दाँत भनेको मालेमावाद नै हो। तर मधेसवादीको लक्ष्य छुट्टै छ, आदर्श एउटै हुन्। यो कुरा उनीहरूको पार्टीहरूको झन्डाले नै प्रमाणित गरिरहेको छ।
एमाओवादीभित्र इमानदार कार्यकर्ता छन् भने ०६३ साल चैत ७ गते दिउँसो दुई बजे रौतहटको गौरमा भएका दृश्यहरू फ्लेश बैंकमा गएर हेरून्।
त्यो हेरेर उनीहरूमा विवेक र चेतना जागे अबदेखि संयुक्त आन्दोलनमा जान उचित छ वा फुटेर गएका आफ्ना सहयोद्धा कमरेडहरूको दलहरूसँग मोर्चाबन्दी गर्दै एकीकरण गर्नु उचित हुन्छ, आफैं विवेचना गरून्।
०६३ साल चैत ७ गतेको घटनालाई एमाओवादी कार्यकर्ताले फर्केर हेर्दा विचार नमिल्ने दलहरूसँगको गठबन्धन उचित हो वा होइन, छुट्ट्याउन सक्नेछन्।
त्यो दिन माओवादीका २८ जना कार्यकर्तालाई मधेसवादी दलका नेता-कार्यकर्ताले कसरी नृशंस तरिकाले लखेटी-लखेटी हत्या गरेका थिए। त्यो दिन २८ जनामध्ये पाँचजनालाई मञ्चमै हत्या गरिएको थियो। एघारजनालाई बलि दिने नाममा जिउँदै जलाएर मारिएको थियो।
तीनदिने आमहडतालमा जनसमर्थनको सट्टा जनविरोध हुन थालेपछि पुष्पकमल दाहाल बन्द फिर्ता लिन बाध्य भए। आम जनता जातीय र क्षेत्रीय राज्यको विपक्षमा छन् यो कुरा बन्दको असफलताले प्रमाणित गरिदिएको छ।
महिलाप्रति मधेसवादी दल कति पाशविक छन्, त्यसको ज्वलन्त उदाहरण गौर घटना हो। तिनीहरूले तीनजना महिलालाई दर्जनौंपटक बलात्कार गरी तिनीहरूको स्तन काटी योनीमा भाटा कोचेर जिउँदै आगो लगाएर अग्निदाह गरेका थिए।
पुष्पकमल-बाबुराम जस्ता युद्धका व्यापारीले आफ्नो स्वार्थका लागि त्यो घटना त चटक्कै बिर्सिदिए। उनीहरूको हृदयमा ती सहिदप्रति न कुनै कोमल भाव नै देखियो न मानवीय संवेदना नै।
युद्धका व्यापारीका लागि यो घटना मामुली हुन सक्छ। तर एमाओवादीका कार्यकर्ताले समेत आफ्नो सहयात्री कमरेडहरूको त्यो पाशविक कृत्य कसरी बिर्सिदिए?
हिजो सरकारमा उनीहरूसँग मधुचन्द्रिका मनाउँदा पनि विरोध गर्न सकेनन्। आज त्यही भाटा संस्कृतिलाई आफैंले अँगाल्दै तिनीहरूसँग तिनीहरूकै स्वार्थको लागि सँगै आन्दोलनमा लज्जा, सरम, हिजोको त्यो आक्रोश सबैलाई तिलाञ्जली दिँदै जाँदा पश्चात्ताप बोधसमेत भएको छैन।
एमाओवादीले अब सिंगो नेपालको राजनीति छोडेर तराईकेन्द्रित राजनीतिमा आफूलाई लगाएको छ। मधेसवादी दलहरूको वैशाखी टेकेर तिरंगाले आफूलाई बेरिइसकेको छ।
तिरंगाको सामु उसको रातो झन्डा टुहुरो झैं टोलाइरहेको छ। हिजो आफ्नै बलबुतामा जनयुद्ध लडेको माओवादी एमाओवादी बनेपछि शक्तिहीन मात्र भएको छैन, हिजोको जनसमर्थनसमेत गुमाइसकेको छ।
श्रीकृष्णसँग जबसँग शक्ति थियो तबसम्म उनी विजयी रहे। जब उनीबाट उनको शक्ति लोप भएर गयो उनी कमजोर भए। त्यही अवस्थामा उनी व्याधाको वाणको सिकार भएर मृत्यु प्राप्त गरे।
उनीसँगसँगै उनले बनाएको द्वारिका पनि समुद्रमा विलीन भयो। यदुवंशी पनि आफैंमा लडेर सकिए। आज एमाओवादीको अवस्था पनि श्रीकृष्ण शक्तिहीन भएको तथा यदुवंशीको अवस्था जस्तै भएको छ।
यो अवस्था अरू कसैले नल्याएर पुष्पकमल (बाबुराम आफैंले ल्याएका हुन्। समाज रूपान्तरण गर्न हिँडेका मान्छे आफैं विपरीत दिशामा रूपान्तरण भएर पार्टी सिद्धाए र अब आफूहरू पनि राजनीतिक रूपमा सिद्धिने बेला आएको छ।
अक्सर नेपाली कांग्रेसका नेताहरूले भेटघाटमा गिरिजाबाबुले उनीहरूलाई भनेको कुरा सुनाउने गर्छन्- माओवादीलाई सरकारमा जान दिनुपर्छ, त्यसपछि उनीहरू हाम्रो लाइनमा आउनेछन्। गिरिजाबाबुले पुष्पकमल-बाबुरामको सही मूल्यांकन गरेका थिए।
०४७ सालयता कांग्रेस सत्तामा गएपछि बीपीको लाइनमा त गएन, बरु गिरिजाबाबुको भ्रष्टाचारको लाइनमा गएको छ, जुन लाइनलाई हालसम्म कांग्रेसले निरन्तरता दिइरहेको छ। उसले एमालेलाई पनि आफ्नै लाइनमा लग्यो र एमाओवादीका ‘महान् क्रान्तिकारी’ नेताहरूलाई पनि गिरिजाबाबुको लाइनमा लग्न सफल भएको छ।
एमाओवादीका जिल्लादेखि केन्द्रसम्मका टाठाबाठा नेताहरू जनयुद्धको लाइन त्यागेर गिरिजाबाबुको लाइनमा आएपछि उनीहरूभित्रको क्रान्तिकारी जोस, जाँगर, विचार सबै सेलाएर गयो।
हिजो आफ्नो सहयात्री साथीको सहादतमा शोकमग्न हुँदै अश्रुलाई शक्तिमा रूपान्तरण गर्दै शत्रुमाथि जाइलाग्थे। आज त्यसको ठीक उल्टो भएको छ। सत्ताका लागि आफ्ना सहयोद्धा साथीहरूको लास व्यापारमा बदलिएको छ।
एमाओवादीका नेताहरूलाई थाहा छ- अब चुनाव जितेर सरकार बनाउन सकिँदैन। एमाओवादीका नेताहरूले आफ्नो आदर्श, विचार, नैतिकता सबै त्यागेपछि हिजो जनयुद्धकालमा माओवादीमा गोलबद्ध भएका जनता अब जहाँ जहाँबाट आएका थिए, त्यतै फर्किंदैछन्। खराबहरूमा अलि कम खराब रोज्न बाध्य भए।
सत्ताकब्जाको रणनीति असफल हुने देखेपछि एमाओवादी जातीय राज्यमा गयो। विभिन्न जातजाति र क्षेत्रका आधारमा राज्य खडा गरेर आफ्नो दुनो सोझ्याउने दिशातिर लागेको छ।
जातीय राज्यले जातीय हिंसा निम्त्याउँछ। जातीय हिंसामा खेलेर सत्ता कब्जा गर्ने नीति छ। एमाओवादीको। विभिन्न जातजाति र क्षेत्रीयता बोकेकाहरूको उसको गठबन्धन यसैको परिणाम हो।
बाबुराम भट्टराईले भनेको विद्रोह यही जातीय र क्षेत्रीय विद्रोह हो। जातीय र क्षेत्रीय विद्रोह गराएर राष्ट्रको स्वतन्त्रता र सार्वभौमसत्तासँग खेल्ने र मुलुकलाई अस्थिर बनाएर आफूले सत्ता कब्जा गर्ने रणनीति हो।
भारतलाई संविधान बनाइदिन गुहार्नेले कस्तो खालको विद्रोह गर्नेछन् भनिरहनु पर्दैन। भारतले सिक्किम कब्जा गरेपछि इन्दिरा गान्धीले भनेकी थिइन्, ‘सिक्किमलाई बुलेट प्रयोग गरेर कब्जा गरियो, अब नेपाललाई ब्यालेट प्रयोग गरेर कब्जा गर्ने हो।’
जुन कुरा अब सत्यतातिर अघि बढिरहेको छ। सिक्किममा इन्दिराको कठपुतली थिए लेन्डोप दोर्जे, नेपालमा मुख्य लेन्डोपको भूमिकामा बाबुराम भट्टराई देखिएका छन्। सहायक लेन्डोपहरूको कमी छैन यहाँ।
मधेस एक प्रदेशको नारा पनि सुरुमा नेपालको तराई भूभागलाई कब्जा गर्ने गरी ‘रअ’ ले ल्याएको हो। मोदी सरकारको नेपालप्रतिको नीति नरम भए पनि अहिले रअ फेरि सक्रिय हुँदै गइरहेको छ। बाबुरामको दिल्ली भ्रमणको भित्री मनसुबा पनि सुरुको लेन्डोप जस्तै छ।
एमाओवादी र ‘मधेसवादी दलहरू’को गठबन्धन त्यसै भएको होइन। भारतको नेपाल कब्जा गर्ने योजनाअन्तर्गत भारतले यी दुई समूहको लगनगाँठो बाँधिदिएको हो।
एमाओवादीभित्र सच्चा कम्युनिस्ट कार्यकर्ता छन् भने उनीहरूले गौर घटना र अहिलेको मधेसी दलहरूसँगको राष्ट्रघाती लगनगाँठोको कालो पृष्ठभूमिलाई बुझ्नैपर्छ। गौर घटना होस् वा अहिले राष्ट्रघाती गठबन्धन, यसको पछाडि भारतकै हात छ।
यो राष्ट्रघाती गठबन्धनको पछाडि लागेर नेपाललाई सिक्किम बनाउने आन्दोलनमा लाग्ने वा आफ्नो नेताहरूलाई रूपान्तरण गराएर एमाओवादीलाई तिरंगाको घेरा भित्रबाट निकालेर एउटा सच्चा कम्युनिस्ट पार्टी बनाउने निर्णय एमाओवादीका इमानदार तथा राष्ट्रवादी कार्यकर्ताको हातमा छ।
तीनदिने आमहडतालमा जनसमर्थनको सट्टा जनविरोध हुन थालेपछि पुष्पकमल दाहाल बन्द फिर्ता लिन बाध्य भए। आम जनता जातीय र क्षेत्रीय राज्यको विपक्षमा छन् यो कुरा बन्दको असफलताले प्रमाणित गरिदिएको छ।
हिजो माओवादीको आह्वानमा हज्जारौं जनता सडकमा आएका थिए, आज आफ्ना केही कार्यकर्ता मात्र। पुष्पकमलले यो कुरा आत्मसात गर्दै राष्ट्रलाई निकास दिने सर्वमान्य योजना ल्याएर अघि बढून्, जनताले साथ दिनेछन्।
बन्द-हडताल समस्याको समाधान होइन। कांग्रेस र एमाले पनि दुईतिहाईको दम्भ त्यागेर राष्ट्रलाई निकास दिन अग्रसर हुनुपर्छ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.