कुवेतको काले र कालिको माया कहिले सम्म??


कुवेत सिटि

कुवेतको मुख्य केन्द्र कुवेत सिटीनजिकैको बस्ती हो मंगाप । यहाँ धेरै नेपाली जोडी कागजातबिनै बसिरहेका छन् । सुरज चौधरी मजदुरी गर्न सन् २००८ मा आइपुगेका हुन् । नवलपरासीमा उनको परिवार छ । एउटा प्रतिष्ठित कम्पनीमा काम गर्थे ।

कुवेत आएपछि एउटी घरेलु कामदार युवतीसँग परिचय भयो । युवती टेलिफोनबाट घर मालिकले दिने यातना, दुव्र्यवहार’bout निरन्तर सुनाउँथिन्, रुन्थिन् । ‘निकै पीडामा परेकाले उसलाई मालिकको घरबाट फुत्काउने इच्छा जाग्यो,’ सुरजले कान्तिपुरलाई भने, ‘अनि जोखिम मोल्दै भगाएर निकालें ।’

बाहिर राख्ने ठाउँ थिएन । नेपाली दूतावास खुलिसकेको थिएन । सीधै प्रहरीकोमा जान डराए । सुरज कम्पनीमै बस्थे । ‘हामीले कोठा खोज्यौं । सँगै बस्न थाल्यौं,’ उनले भने, ‘उनी पनि लुकीछिपी काममा जान्थिन् । म कम्पनीमै काम गरिरहें ।’

कम्पनीले ‘केटी भगाएर’ राखेको थाहा पाएर सुरजलाई जागिर निकाला गरी स्वदेश फिर्ता गर्ने निर्णय लियो । ‘उसलाई बिचल्ली बनाएर छोडिदिने त भएन नै,’ उनले भने, ‘म पनि कम्पनीबाट भाग्नुपर्यो ।’

सँगै बसेपछि उनीहरूबाट छोरी जन्मिइन् । ‘हामी तीनैजनाको भिसा छैन । कुवेतमा कानुनी रूपमा बस्न पाउने अधिकार खोसिएको छ,’ उनले भने, ‘मुलुक नफिरेको ८ वर्ष भयो । सबै एकैपटक जान पाए हुन्थ्यो । त्यो मिलेन ।’ सुरज निर्माण मजदुरका रूपमा काम गरिरहेका छन् । ‘कोठाको मात्रै ६० केडी (करिब २० हजार रुपैयाँ) तिर्नुपर्छ । बच्चा श्रीमतीलाई पाल्नै पर्यो,’ उनले भने, ‘काम नियमित गर्न पाइँदैन । जे भेटिन्छ त्यही गर्नुपर्छ ।’ उनीहरूले स्वदेश फिर्न चाहे जेल बस्नुपर्छ । ‘यही अवस्थामा छोरी र श्रीमतीलाई कसरी जेलमा पठाउँ ? मनले मान्दै मानेन,’ उनले भने, ‘फेरि त्यहाँबाट जान सकिने समयको टुंगो छैन । किनकि छोरीको राहदानी/ट्राभल डकुमेन्ट छैन ।’

कुवेतमा चौधरीजस्ता धेरै नेपाली जोडीको हालत यस्तै छ । सुष्मा मगर (नाम परिवर्तन) को अवस्था झन् कठिन छ । उनी बच्चासहित गैरकानुनी हैसियतमा बसिरहेकी छिन् । गैरकानुनी अवस्थामा बसिरहेका पति पक्राउ गरी नेपाल पठाइए, अनि सुष्मा र बच्चा अलपत्र भएका हुन् । ‘साथीहरूलाई फुर्सद भएको मौकामा बच्चा हेर्न दिन्छु । कहिले मिल्ने ठाउँमा बच्चै लिएर काममा जान्छु,’ उनले भनिन्, ‘जिन्दगीमा नपाउनु दुःख पाइयो ।’

उनको विवाह भएको थिएन । घरेलु काममै आएकी उनी मालिक्नीको यातना सहन नसकी केटा साथीसँग भागेकी थिइन् । ‘कहिले नेपाल र्फकने हो केही थाहा छैन,’ उनले भनिन्, ‘प्रहरीले पक्राउ गरिदिए पनि हुन्थ्यो भन्ने चाहिरहेको छु । कमसेकम जेलभित्र त आनन्दले बस्न सकिन्छ ।’

 एक नेपाली जोडी बच्चा छाडेर हिँडेपछि कुमारी दिदी भन्नेले पालेर राख्दै आएकी छिन् । ‘बच्चा ८ वर्ष भइसक्यो, उसको कुनै कागजात छैन,’ उनले भनिन्, ‘कागज बनाएर नेपाल लान सकिन्छ भन्ने विचारमा छु ।’

हेटौंडाका नवराज पराजुलीले यसै गरी बच्चा पालेका छन् । ‘बाटोमा अलपत्र बच्चालाई बंगालीले लाने भएपछि मैले जिम्मा लिए । ऊ कुवेतमा हुर्किसकेको छ,’ उनले भने, ‘आममाफी खुलेपछि स्वदेश लैजान्छु ।’ कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमाल नेपालीबाट जन्मिएको बच्चालाई ट्राभल डकुमेन्ट दिन अस्पतालको जन्मदर्ता चाहिने बताए ।

गैरआवासीय नेपाली संघ कुवेतका अध्यक्ष धर्मराज गिरीले पीडामा परेका चेलीलाई भगाएर आश्रय दिँदा नेपाली युवा श्रमिकहरू उल्टै समस्यामा फसिरहेको बताए । ‘बच्चा जन्मेपछि उनीहरू सहजै र्फकन सकिरहेका छैनन्,’ उनले भने, ‘यो निकै कठिन परिस्थिति बनिरहेको छ ।’साभार :- कान्तीपुर

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.