Daily Archives: 08/04/2015

कुवेतस्थित नेपाली दूतावासको आवासगृह बन्द (बिज्ञप्ति सहीत)


 11101657_548223088654236_2067969924_nकुवेतस्थित नेपाली दूतावासले त्यहाँ सञ्चालनमा रहेको आवासगृह (सेल्टर) बन्द गरेको छ। घरेलु कामदारको रुपमा कुवेत पुगी समस्यामा परेका नेपाली महिलालाई सेल्टरमा राखिंदै आइएको थियो। सेल्टरमा रहेका ५४ जना महिलालाई सोमबारबाट कुवेत सरकारले सञ्चालनमा ल्याएको एक सेन्टरमा सारेपछि दूतावासले आफ्नो सेल्टर बन्द गरेको हो। ‘बिभिन्न देशबाट घरेलु कामदारको रुपमा कुवेत आई समस्यमा परी स्वदेश फर्कन चाहनेलाई फर्कन प्रक्रिया पुरा नहुन्जेलसम्मको लागि बस्ने, खाने तथा उपचार गर्ने सुविधाको लागि कुवेतको सामाजिक मामिला तथा श्रम मन्त्रालयले हालै एक सेन्टर खडा गरेको छ,’ कुवेतस्थित नेपाली दूतावासद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ, ‘भारत, श्रीलंका, फिलिपिन्स लगायतका देशहरुले पनि आफ्ना घरेलु महिला कामदारहरुलाई उक्त केन्द्रमा स्थानान्तरण गरिसकेका छन्।’ पढ्नेक्रम जारी राख्नुहोस्

झापामा एमाओवादीको बन्द कायमै, भारतीय गाडीमा आगजनी


२५ चैत, काठमाडौ । तीन दिने आम हड्ताल घोषणा गरेको ३० दलीय गठबन्धनले मंगलवार नै बन्द फिर्ता लिए पनि झापामा भने बुधवार पनि बन्द कायमै राखिएको छ । बन्दको बेला आफ्ना नेता कार्यकर्ता पक्राउ गरेको विरोधमा एकीकृत माओवादी झापाले जिल्ला बन्द कायमै रहेको हो । बन्दले जिल्लामा बुधवार विहानैदेखि यातायात सेवा सञ्चालन हुन सकेका छैनन् । पढ्नेक्रम जारी राख्नुहोस्

नेम्वाङ भन्छन्-संघीयता थाती राखेर संविधान जारी गर्न मिल्दैन


Subash_Chandra_Nemwang_20150318090638२५ चैत, काठमाडौं । सभाध्यक्ष सुवास नेम्वाङले संघीयतालाई थाती राखेर संविधानको मस्यौदा जारी गर्न नसकिने बताएका छन् । कांग्रेस र एमालेले विवादित विषयलाई थाती राखेर भएपनि संविधानको मस्यौदा जारी गर्ने बताएका छन् । नेम्वाङले भने-संघीयताविनाको संविधान जारी गर्ने अधिकार संविधानसभालाई छैन, त्यस्तो काम मबाट कसरी हुन्छ र ?’
एमाले नेताहरुले नै बाहिर आए जस्तो नभएको बताएको सभाध्यक्ष नेम्वाङले सुनाए । यसअघि माघ ८ गते साँझ विजय गच्छदारले राखेको प्रस्ताव जस्तै एमाले अध्यक्ष ओलीले संघीयता बाहेकका विषयलाई मस्यौदा बनाएर संघीयतामा छलफल जारी राख्ने धारणा अघि सारेको नेम्वाङले बताए । पढ्नेक्रम जारी राख्नुहोस्