स्वाइन फ्लूबाट एमाले नेता रामनाथ ढकालको निधन


Ramnath-Dhakal२२ चैत, काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य रामनाथ ढकालको स्वाइन फ्लूबाट निधन भएको छ । ढकालको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको हो । अस्पतालका डा. प्रेम ज्ञवाली र अर्जुन कार्कीसहितको टीमले परिवारका सदस्यलाई ढकाललाई बचाउन नसकिएको जानकारी गराएको थियो । स्वाइन फ्लू संक्रमण भएपछि ढकाललाई चैत १४ गते अस्पताल भर्ना गरिएको थियो ।

आईसीयूमा उपचारका क्रममा उनलाई दिल्ली लैजान १४ गते नै एयर एम्बुलेन्स समेत बोलाइएको थियो । तर, मौसमले साथ दिएन भने उनको स्वास्थ्य गम्भीर बन्दै गएपछि १७ गते दिल्ली नलैजाने निर्णय भएको थियो । गुल्मीको खड्गकोटमा जन्मिएका ढकाल अखिलका पूर्व अध्यक्ष समेत हुन् । उनी अघिल्लो संविधानसभा/व्यवस्थापिकामा राज्य व्यवस्था समितिको सभापति थिए ।

– See more at: http://www.onlinekhabar.com/2015/04/261904/#sthash.H0oq7zSV.dpuf

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.