नेपालका आगलागी पीडितलाई कुवेतमा राहत संकलन


जय आले, कुवेत

handover money०४ अप्रिल २०१५ । “तपाईंको सानो सहयोगले आगलागी पीडितको चुलोमा आगो बल्न सक्छ” भन्ने नाराका साथ नेपालमा आगलागीको चपेटामा परेर बिचल्ली भएका परिवारहरुको सहयोगार्थ कुवेतमा राहत संकलन अभियान चलेको छ ।

एनआरएनए कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत र नेपाली बचाउ राहत कोषको संयुक्त अभियानमा यस शुभ कार्यको थालनी भएको हो । नेपालमा हालै चैत्र ९, २०७१ मा ताप्लेजुङको सदरमुकाम फुङलिंगमा र चैत्र १२ मा सप्तरीको कंचनपुर नगरपालिकामा भिषण आगलागी भई मानवीय क्षतिका साथ ठुलो धनजनको क्षति भएर त्यसबाट हजारौं परिवारहरु बिचल्लिमा परेको अवस्थाले गर्दा उनिहरुलाई केही मात्रमा भए पनि राहत दिलाउन सकियोस भन्ने सामाजिक सोंचका साथ यस मानविय कार्यमा आवद्द भएको तिनवटै संस्थाले बताएका छन ।

राहत संकलन अभियानलाई शुरुवात गर्ने क्रममा हिजो ०३ अप्रिलका दिन सम्पन्न भएको नेवा गुठीको भलिवल प्रतियोगिता स्थल खैतान स्टेडियमबाट मात्रै कुवेती दिनार ३१५.७५० (तीन सय पन्ध्र केडी ७५० फिल्स) र नेरु २५ समेत गरी जम्मा १ लाख ६ हजार नेरु (आजको रेटमा)संकलित भईसकेको छ । सो रकम पत्रकारहरुलाई राखेर सार्वजनिक गर्दै रकम नेवा गुठीको कार्यक्रममा संकलित भएकाले गुठीका अध्यक्ष शिव श्रेष्ठबाट एनसिसी अध्यक्ष धर्मराज गिरीलाई हस्तान्तरण गरिएको थियो ।

रकम संकलन अभियान यस अप्रिल महिनाको अन्तिमसम्म जारी रहने र कुवेतका सम्पूर्ण नेपाली सँघ-संस्था एवं नेपालीहरुको बाहुल्यता रहेको कम्पनिहरुमा सहयोगको लागि पत्रचार गरिएको पनि एनसिसी अध्यक्ष धर्मराज गिरीले जानकारी दिनु भएको छ ।

बैदेशिक रोजगारीको लागि मरुभुमिको देश कुवेतमा रहेका प्रबासी नेपालीहरुबाट शान्तिमाया दोङको उद्दारकार्य र अनिस खालिङ राई बचाउ अभियानदेखी बाढी पहिरो पीडितलाई राहत संकलन लगायत हाल आगलागी पीडितका लागि राहत संकलन जस्ता थुप्रै सामाजिक कार्यहरु हुँदै आएका छन ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.