जन-जागृतिले भित्ते पात्रो सार्वजनिक तथा बक्तृत्वकला प्रतियोगिता गर्ने


सुरेश गुरुङ, कुबेत

image-phpकुवेतमा पुरानो सस्था मध्य एक जन जाग्रिती युवा समाज कुवेतले यही आउदो १० अप्रिल २०१५ तारिख शुक्रबार नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत श्री यज्ञ बहादुर हमालको प्रमुख आतिथ्यमा “नेपाली भित्तेपात्रो २०७२” को सार्वजनिक तथा “कुवेतवासी नेपाली बिच आपसी सद्भाव र एकता कायम राख्न नेपाली समाज कुवेत र नेपाली राजदूतावासको भूमिका” नामक अन्तर नेपाली खुल्ला बक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आफ्नो स्थापना पछी शान्तिमाया दोंगको सहयोगार्थ च्यारिटी सो, बिभिन्न जानकारीमुलक पोस्टर पम्लेट, हरेक नेपाली नयाँबर्षमा भित्तेपात्रो,घुम्ती पुस्तकालय संचालन, अरबी अंग्रेजी र नेपाली भाषा समेटिएको पुस्तक प्रकासन गरि कुबेतबासी नेपालीहरुको बिच एक अलग्गै पहिचान बनाएको छ। कुबेत मा रहेको नेपाली संघ संस्था हरु सँग हातेमालो गदै जाने उदेसया ले समाजले वक्तृत्वकला प्रतियोगितालाई आफ्नो वार्षिक क्यालेन्डरमा राखी गत बर्ष देखि वक्तित्वकला प्रतियोगिताको आयोजना गर्दै आईरहेको छ ।

यस पटक कुवैतावासी नेपाली बीच आपसी सद्भाब र एकताको आवश्यकतालाई उजागर गर्ने कोशिस गर्दै छ । यसका लागि नेपाली समाजमा क्रियासिल संघ–सँस्था, बुध्दिजिवी, पत्रकार तथा सम्पूर्ण व्यक्ति बिशेषले वढि भन्दा वढि सहभागिता जनाई आ–आफ्नो विचार उजागर गर्न जन–जागृति युवा समाज कुवेतले कुवेतवासी सबैमा अनुरोध गर्दै उक्त बक्तृत्वकला प्रतियोगिताका लागि तपसिल बमोजिमका नियमहरु सार्वजनिक गरेको छ । बुदागत रुपम समाजका महासचिब आन्नद आचर्यले उपलब्ध गराएको प्रतियोगिताका नियमहरु यस प्रकाररहेका छन

१. बक्तृत्वकला प्रतियोगितामा सहभागि हुन चाहनेले अप्रिल ९ तारिख साँझ ७ बजे सम्म दीपक क्षेत्री(५०७२००२८) र कृष्ण सुनार(५५७१५११७) सँग फोन सम्पर्क गरि आफ्नो नाम टिपाउन सकिने छ ।
२. बक्तृत्कलाको समय सिमा अधिकतम् ७ मिनेटको रहनेछ भने ५ मिनेट पछि जनाउ घण्टी बजाइनेछ । बक्ताले बाँकी रहेको २ मिनेट भित्र आफ्ना भनाईहरुलाई टुंग्याइसक्नु पर्नेछ ।
३. बक्ताले सम्बोधन गरे जसरी नोटबुकबाट हुबहु रुपमा पढ्न पाइने छैन ।
४. बक्ताले कसैको मान हानी हुने वा इज्जत प्रतिष्ठामा ठेस पु¥याउने गरि नाम किटानी साथ सँस्थागत वा व्यक्तिगत रुपमा कसैलाई गाली गलौज वा अपशब्द प्रयोग गर्न पाइने छैन ।
५. निर्णायक मण्डलले अन्तर्राष्ट्रिय मान्यता अनुरुप नियम लागु गर्न सक्ने छन र निर्णायक मण्डलको निर्णय अन्तिम र सर्वमान्य हुनेछ ।
६. बक्तृत्वकला प्रतियोगितामा प्रथम, द्धित्तीय र तृतीय हुनेलाई आकर्षक पुरस्कार र प्रमाण–पत्र प्रदान गरिने छ भने प्रतियोगि सबैलाई सहभागिताको प्रमाण–पत्र प्रदान गरिनेछ ।

मितिः १० अप्रिल २०१५ तारिख शुक्रबार ।
समयः दिनको ठिक १ बजे ।
स्थानः फरवानिया गाता नं. १, रोड नं. १२२, ब्लक नं.–८, घर नं.१० मस्जिद नजिक
फरवानिया पुलिस स्टेशन नजिक राउण्डबोर्डबाट २ मिनेट भित्र, किरात राई यायोक्खाले वार्षिक उत्सव मनाएको हल ।

आयोजक : जन–जागृति युवा समाज कुवेत परिवा

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.