प्रत्यक्ष दोहोरी गीतका साथ लमजुङ् समाजले बार्षिकोत्सब मनाउदै


देव भुजेल, कुवेत

11088699_4396149२८ मार्च २०१५ । “प्रबासमा लमजुङगेहरुको एकता, सामाजिक सेवामा प्रतिबध्दता” प्रबासमा रहेर पनि आफ्नो जन्मभूमि र कर्मभूमिमा रहेका असाहय, गरिब, दीन दुखी, तथा बिभिन्न प्रकारका भबितब्य आईपर्न सक्ने समस्याहरूका लागि सामाजिक सेवालाई केन्द्र बिन्दुमा राखेर आफ्नो गृह जिल्लाको मौलिक तथा सास्कृतिक पहिचानलाई पनि जगेर्ना गर्ने हेतुले कुबेतमा करिब एक बर्ष अघि स्थापित लमजुङ् सेवा समाज कुबेतले यहि मे महिनाको १५ तारिख शुक्रबारको दिन बार्षिक उत्सब मनाउने भएको छ।

स्थपनाको छोटो अबधिमा पनि सामाजिक कार्यमा निकै नै उत्साहित भएर लागि परेको यस समाजले कुबेतमा रहनुहुने सम्पुर्ण लमजुङ्गे दाजुभाई तथा दिदीबहिनीहरूलाई यस मानविय कार्यमा हातेमालो गर्दै अघि बढ्नको लागि आह्वान पनि गरेको छ।

10937703_439614प्रवासमा कार्यरत रहे पनि आफ्नो जन्मभूमि प्रति केही मानबिय सेवा गरौं भन्ने उदेश्यका साथ गठन यस संस्थाले कुबेतमा कृयासिल संघ संस्थाहरु संग हातेमालो गर्दै अगाडी बढिरहेको र जुनसुकै मानबिय सेबाको लागि काँधमा काँध मिलाउन तयार रहेको बताउदै समाजका उपाध्यक्ष कमल थापालेप् प्रबासमा मिलीजुली अगाडी बढ्नु पर्ने कुरा बताउनु भयो।

उक्त बार्षिक उत्सबका दिन बिभिन्न मनोरन्जनात्मक सांगेतिक कार्यक्रम प्रस्तुत गरिने र दोहोरीका लागि कलाकारहरूको सम्भब भए सम्म कुबेत मै प्रथम पटक प्रत्यक्ष लोक दोहोरी प्रतियोगिता गरि सबैलाई छम छम नचाउने योजना रहेको साथै बिजेता टिमलाई आकर्षक पुरस्कारका साथ प्रमाणपत्र प्रदान गरिने कुरा सांगेतिक बिभाग प्रमुख द्रोणजंग गुरुङ्ले बताउनु भयो। साथै यस समाजले पहिले लमजुङ् जिल्ला स्थित बृदा आश्रमलाई सहयोग पुर्याएको थियो भने अहिले अनाथ बाल गृहमा सहयोग गर्ने हेतुले भाग्यशाली चिठ्ठा योजना ल्याएको हुदा सबैबाट सहयोगको अपेक्षा राखेको र कुबेतमा रहेर बिभिन्न क्षेत्रबाट नेपाली समाजप्रति योगदान पुर्याउनु हुने समाजसेबीहरुलाई सम्मान गरिने बताउदै उक्त दिन अन्य कार्यक्रम नजुधाउनको लागि समाजका सचिब बुध्दिमान( मिलन) श्रेष्ठले यसै समाचार मार्फत अनुरोध गर्नु भएको छ ।

उक्त कार्यक्रमलाई सभ्य र भब्य पार्न हामी सबैको कर्तब्य हो भन्दै उक्त दिन सम्पुर्ण कुबेतमा कार्यरत लमजुङ्गेहरुलाई उपस्थित हुनको लागि अनुरोध गरिएको छ।

पुनश्चः
लोक दोहोरी प्रतियोगिताको निमित्त कुबेतमा रहनु हुने गायक तथा गायिकाहरुले आफ्नो टिम दर्ता गर्नको लागि तल उल्लेखित नं. मा सम्पर्क गर्नुहुन अनुरोध छ।

सम्पर्क:
द्रोणजंग गुरूङ् 55349513
देब भुजेल 50318783
मिलन श्रेष्ठ 60983353

मितिः 15/05/2015
स्थानः विडिङ् हल जिलिब
समयः दिनको ठीक १ बजे
सम्पर्क: 60410583

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.