लुम्बिनी समाज कुवेतको दोश्रो वार्षिकोत्सव मे ०८ मा


जय आले, कुवेत

lumbini-samaj-kuwait१८ मार्च २०१५ । “लुम्बिनी अञ्चलको विकासमा प्रबासबाट हाम्रो भूमिका” भन्ने मूल नाराका साथ कुवैत नगरिमा कृयाशिल रहेको लुम्बिनिवासीहरुको क्षेत्रिय संस्था “लुम्बिनी समाज कुवैत”ले आफ्नो दोश्रो वार्षिकोत्सव आगामी ०८ मे २०१५ मा मनाउने भएको छ ।

कुवेतको जिलिब अल-शुवैखस्थित रिदम हलमा मनाईने वार्षिकोत्सव समारोहमा बिभिन्न सांगितिक प्रस्तुति, लुम्बिनी अञ्चल अन्तर्गतका रुपन्देही, कपिलवस्तु, नवलपरासी, गुल्मी, अर्घाखाँची र पाल्पा जिल्लादेखी कुवेतमा पेशारत रहेका जेष्ठ नागरिक सम्मान, “लुम्बिनी, बुद्ध र शान्ति” शिर्षकमा लेखिएका संस्थागत निबन्ध प्रतियोगिता साथै लुम्बिनीवासी छविलाल पान्डेको “हामी नेपाली हाम्रो नेपाल” नामक एल्वम विमोचन जस्ता आकर्षक एवं रचनात्मक कार्यक्रमहरु समेत रहेको संस्थाका अध्यक्ष बिनोद अधिकारीले बताउनु भएको छ ।

कुवेतमा आफ्नो स्थापनादेखि नै लुम्बिनी अञ्चलको बिकासमा लागेर अन्य नेपाली संस्थाहरुसँग सहकार्य गर्दै आएको लुम्बिनी समाज कुवेतले निवन्ध वाचन प्रतियोगितालाई संस्थागत रुपमा आयोजना गरेर सम्पूर्ण नेपाली सँघ-संस्थाहरुसँग भाईचाराको सम्बन्ध अझ सुदृढ बनाउने समाजको उद्देश्य रहेकोले कुवेतका करिब ६ दर्जन नेपाली सँघ-संस्थालाई सहभागीताको लागि आव्हान गर्दै, निबन्ध प्रतियोगिता अन्तर-संस्थागत रहेकोले अन्य व्यक्ति बिशेषलाई प्रतियोगितामा सम्मिलित नगराईने पनि अध्यक्ष अधिकारीले जानकारी गराउनु भएको छ ।

निबन्ध प्रतियोगितामा भाग लिने सबै संस्थाहरुलाई प्रमाण-पत्र र प्रथम, दित्तिय, तृतीय र शान्तवना पुरस्कार जित्नेलाई शिल्ड, प्रमाण-पत्र तथा आकर्षक पुरस्कारले सम्मान गरिने बताईएको छ ।

यस्तै, जेष्ठ नागरिकलाई अभिनन्दन गरिने कार्यक्रम पनि रहेकोले लुम्बिनी अञ्चलका माथि उल्लेखित जिल्लाहरुबाट कुवेतमा रोजगार या व्यवसाय गर्नुहुने जेष्ट नागरिक कोही-कहिं या कसैको सम्पर्कमा हुनुहुन्छ भने समाजका अध्यक्ष बिनोद अधिकारीलाई मोबाईल नं. ९०९६७८९८ मा र कार्यक्रम संयोजक रमेश नेपालीलाई ६९९१४३१५ मा सम्पर्क गरिदिन अनुरोध गर्दै, सो दिन कुनै पनि सँघ संस्थालाई कार्यक्रम नजुधाई दिन समाजले अनुरोध गरेको छ ।

कार्यक्रममा सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्धिजीवी, भद्रभलाद्मी, पत्रकार, कलाकर, खेलाडी तथा सम्पूर्ण कुवैतावासी नेपालीहरुलाई यसै सूचना मार्फत समाजले एकमुष्ट निम्तो दिएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.