कुवेतमा नेवारहरुको घोडे जात्रा भलिबल खेलसँगै मनाईने


न्युज अपडेट:
२७ मार्च २०१५ मा किराँत राई यायोक्खा कुवेतको वार्षिक उत्सव तथा लोक गायक प्रेम कट्वालको गिती एल्बम बिमोचन हुने कार्यक्रम रहेको र नेवा गुठीको कार्यक्रम ’bout सूचना आउनु पूर्व नै किराँतहरुको कार्यक्रम तय भैसकेकोले दुई संस्थाहरुबिच छलफल भएपश्चात गुठीले आफ्नो घोडे जात्रा बिशेष भलिवल प्रतियोगिता एक हप्ता पछी सार्दै, आगामी ०३ अप्रिल २०१५ मा सोही खैतान स्टेडियममा गर्ने भएको जानकारी गराएको छ ।  सोही अनुसार समाचारमा मिति परिवर्तन गरिएको छ । 

जय आले, कुवेत

newa guthi०८ मार्च २०१५ । कुवेतमा खेलकुदको लहर चलेको अवस्थामा नेवार जातीहरुको जातिय संस्था नेवा: गुठी कुवेतले आफ्नो मौलिक तथा साँस्कृतिक पर्व घोडे जात्राको अवसरमा आगामी ०३ अप्रिल २०१५ शुक्रबारका दिन खैतान स्टेडियमको एअर कन्डिशनयुक्त कभर्ड हलमा अन्तर-नेपाली भलिबल प्रतियोगिताको आयोजना गरी कुवेतवासी नेपाली बिच शुभकामना आदान-प्रदान गर्ने भएको छ ।

नेवार जतिको भाषा, धर्म र संस्कृतिको जगेर्ना र नेवारी परम्परा एवं मौलिकतालाई संरक्षण गर्न कुवेतको नेपाली समाजमा सन् २०११ मा स्थापना भएको नेवा गुठीले बेलामौकामा सार्वजनिक रुपमा नेवा भोजको आयोजना गर्ने र कुवेतमा रहेका अन्य नेपाली संस्थाहरुसंग सहकार्य गर्दै संस्थागत रुपमा अगाडी बढ्ने कार्यहरु गर्दै आएको छ ।

नेवा गुठी कुवेको अस्ति ०६ मार्चका दिन फर्वानियास्थित सभा कक्षमा संस्थाका अध्यक्ष शिव कुमार श्रेष्ठको अध्यक्षतामा बसेको नियमित मासिक बैठकले मुखैमा आएको नेवारहरुको महान चाड घोडे जात्राको अवसरमा कुवेतको परिवेश र अन्य जटिलताले गर्दा नेपाली समाजलाई नेवारी जात्रा नै देखाउन नसके पनि एउटा खेलको माध्यमबाट भएनि घोडे जात्राको शुभकामा साट्ने उद्देश्यले भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको अध्यक्ष श्रेष्ठले बताएका छन् ।

०३ अप्रिल बिहानको ठिक ०८.०० बजे उद्घाटन गरिने भलिवल प्रतियोगितामा सहभागीताको लागि गुठीले कुवेतमा अवस्थित सम्पूर्ण नेपाली भलिवल टिमहरुलाई सार्वजनिक आव्हान गर्दै खाडीको बढ्दो तापक्रमले गर्दा खेलाडी तथा दर्शकहरुको स्वास्थ्यमा मध्यानजर राख्दै, प्रयाप्त प्रकाश र दर्शकको निम्ती खुल्ला मेचको व्यवस्था रहेको एअर कन्डिशनयुक्त अति नै महँगो हलमा जहाँ मगर सँघ कुवेतको आगामी शुक्रबार कार्यक्रम हुँदैछ सोही हलमा आयोजना गर्न लागेको गुठीले जनाएको छ ।

आयोजकले सम्पूर्ण खेलाडी तथा खेपप्रेमी दर्शकहरुलाई एउटा सौहार्दपूर्ण बातावरणमा खेलको मनोरञ्जन लिंदै नेपाली खाजा सेलरोटी, चना, मम र जुस पानीको स्वादसहित उक्त कार्यक्रम सफल पारिदिन सार्वजनिक रुपमा अनुरोध पनि गरेको छ ।

टाईसिट आगामी २७ मार्च २०१५,  शुक्रबार दिनको ठिक ०३.०० बजे मालियाको पोष्ट अफिस अगाडि पार्कमा गर्ने जानकारी दिंदै, सम्पूर्ण इच्छुक भलिवल टिमहरुलाई टिम दर्ता गराउन र स्टेडियम प्रशासनले आयोजकसँग सम्झौता गराएको निम्न नियमावलीहरु पढिदिन पनि अनुरोध गरेको छ ।

१) टिम दर्ता: २७ मार्च २०१५, दिनको ठिक ३ देखी ४ बजेसम्म
२) आवश्यक कागजात: सिभिल आईडीको फोटो कपी र एक प्रति रंगित फोटो
३) टाई सीट घोषणा: २७ मार्च २०१५, सोही स्थान साँझ ५ बजे
४) दर्ता शुल्क: ३५ कुवेती दिनार
५) खेल मैदान: खैतान स्पोर्ट्स क्लवको कभर्ड हल
६) खेलको मिति र समय: ०३ अप्रिल २०१५ शुक्रबार, बिहानको ठीक ०८.०० बजे देखी

प्रथम पुरस्कार: ट्रफी, मेडल, प्रमाण-पत्र र १५१के.डी. नगत
दित्तिय पुरस्कार: ट्रफी, मेडल, प्रमाण-पत्र र १०१ के.डी. नगत
अंपायर: ट्रफी र प्रमाण-पत्र
उत्कृष्ट टिम: ट्रफी र प्रमाण-पत्र
उत्कृष्ट खेलाडी: ट्रफी र प्रमाण-पत्र

प्रतियोगिता सम्बन्धी नियमावलीहरु:
१) रेफ्रीले गरेको निर्णयमा कुनै किसिमको सम्झौता या वादविवाद हुने छैन ।

२) कुनै पनि खेलाडिले खेलको नियम बिपरित गई रेफ्री तथा आयोजकलाई अपशब्द प्रयोग गरेको पाईएमा उक्त खेलाडिलाई अघिल्लो एक म्याच खेल्नबाट बञ्चित गरिने र उक्त खेलाडीले सोही व्यवहार पुन. दोहोर्यामएमा उसलाई पुरा टुर्नामेण्टबाटै निलम्बित गरिने छ ।

३) कुनै पनि खेलाडीले अल्कोहल सेवन गरी खेलमा सरिक हुन गएको थाहा लागेको खण्डमा उक्त खेलाडिलाई पनि पुरा टुर्नामेण्टबाटै निलम्बित गरिने छ ।

४) खेलाडीहरुले कभर्ड हलमा केबल स्पोर्ट्स जुत्ता मात्र लगाएर खेल्नु पर्नेछ ।

५) पैतलामा गोटी भएका र कलर जाने खालका जुत्ता लगाएर खेल्न र स्टेडियम प्रशासनले मनाही गरेको छ ।

६) खेल मैदान भित्र केबल ९ जना खेलाडी र १ जना टिम मेनेजर मात्र प्रवेश गर्न सकिने छ । दर्शक एवं बुद्दिजिबी वर्गहरु आ-आफ्नो स्थानमा रहेर बिना कुनै हो-हल्ला र उछ्रिङ्खल गतिविधि खेल हेर्न सकिने छ ।

७) उपस्थित सबैले कभर्ड हल बाहिर क्यान्टिनमा बसेर जलपान गर्न सकिने छ । तर, कभर्ड हल भित्र लगेर खान, पिउन मनाही गरिएको छ । जलपानको लागि मगर परिकार सहितको नि:शुल्क क्याटेरिङ्ग व्यवस्था आयोजकले मगर सँघले गर्नेछ ।

८) धुम्रपान, मध्यपान तथा सुर्तिजन्य बस्तुहरु सेवन गरेर कभर्ड हल वरीपरी फोहोर गर्न, हो-हल्ला तथा उछ्रिङ्खल गतिविधी गरी कार्यक्रममा बाधा पुर्यातउन जो-कोहीलाई पनि आयोजक लगायत हल प्रशासनले सख्त मनाही गरिएको छ ।

९) सबै टिमका खेलाडीहरु खेल मैदानमा बिहानको ठिक ७.०० बजे पुगेर आयोजकलाई सूचित गराउनु पर्नेछ ।

१०) प्रतियोगिताको उद्धाटन बिहानको ठिक ०८.०० बजे महामहिम राजदूत श्री यज्ञ बहादुर हमाल’ज्यूबाट हुनेछ ।

११) समयको हेलचक्र्याईं गरी कथं-कदाचित तोकिएको समयमा उपस्थित नहुने टिमहरुलाई प्रतियोगितामा समावेश गराउन आयोजक असमर्थ रहने छ भने क्षतिपूर्तीको भागीदार स्वयं टिमलाई नै गराईने छ ।

बिस्तृत जानकारीको लागि :
अध्यक्ष: शिव श्रेष्ठ 96900908, उपध्यक्ष: समिर सक्या 97421733, दिल श्रेष्ठ  99942314, हर्क श्रेष्ठ 67070398, इन्द्र श्रेष्ठ  69303065, कल्याण श्रेष्ठ  65892420.

प्रतियोगिता स्थल खैतान स्टेडियममा जानको लागि:
खैतानको रोड नं. २१० मा बसहरु KPTC: १३, १६, ३१, २०, ३९, ३६, ४०, ४१, १०५ र ९९ । सिटी बस: १३, १६, ४४ र ९९ र KGL को १६ नं. बस लाग्ने जानकारी गराइन्छ ।

नोट: स्मरण रहोस्, सोही दिन किराँत राई यायोक्खा कुवेतको प्रथम वार्षिक उत्सव कार्यक्रम रहेको हप्तादिन पहिला नै सूचना प्रवाह भएको थियो । यो बिषयमा नेवा: गुठीका अध्यक्षलाई कार्यक्रम जुध्ने ’bout जिज्ञासा राख्दा, हाल गुठीको कार्यक्रम ’bout मिडियामा सूचना प्रकाशित गरिदिन अनुरोध गर्दै, यायोक्खा कुवेतसँग आफ्नो कुराकानी भईरहेको र मिति परिवर्तन ’bout गुठीको बैठकले निर्णय गर्नुपर्ने र परिवर्तन गरिएको खण्डमा पुन. सुचित गरिने पनि बताए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.