प्यारालाइसिस पुण्य प्रसादलाई खोटाङ कुवैत सम्पर्क मंचद्धारा सहयोगको अपिल


 नैन कला राई,

11039502_746079392156218_2144068113_nमार्च ५ कुवेत, वैदेशिक रोजगारीको सिलसिलामा आफ्नो बालबच्चाको सुन्दर भविस्यको खातिर साथै परदेशमा गएर आफ्नो गाउँ ठाउँमा केहि गर्छु भन्ने उदेश्यका साथ मिठो सपना बोकेर गत २०१४ फ्रेबुअरी १३ तारिक कुवैत आइपुगेका नेपाल खोटाङ जिल्ला सिम्पानी ९ मा जन्मेका २९ बर्षिय पुण्य प्रसाद पोखरेल दुर्भाग्य बस प्यारालाइसिस भएर हाल कुवैतको आन्दालोस को P.M.R अस्पतालको वार्ड नं.९ को बेड नं ११ मा उपचार गरिरहेका छन् |

उनि कुवैतको अल्मुल्ला सेकुरिटी कम्पनीमा कार्यरत थिए भने ड्युटी गर्ने क्रममा गत २०१४ जुलाई १८ का दिन बिहान ९.४० बजे नजिकै बन्दै गरेको बिल्डिंगको ८ औँ तलाको १ भाग अचानक झरेर निजको शरीरमाथि लागि सख्त घाइते भई अचेत अवस्थामा उनलाई आदान अस्पतालको आई सी यु मा ९ दिन राखे पश्चात होस् खुलेपछि वार्डमा सारेर ३ महिना लगातार उपचार गरे पछि पनि स्वास्थ्यमा केहि सुधार हुन नसकेकोले उहालाई रिफर्ट गरि ११ नोवेम्बेर २०१४ का दिन आन्दोलासको P.M.R अस्पतालको वार्ड नं. ९ को बेड नं ११ मा उपचार गरिरहेका छन् | 11026459_746079425489548_1517545346_nहाल उनको कम्बर देखि तलको पुरै भाग प्यारालाइसिस भएको र दिसा पिसाब पनि कुन समयमा जाने थाहा नहुने अवस्था रहेको साथै उनलाई यी सबै काम कुर्वा सहयोगी चाहिने र हाल सम्म निजको निकट दाजु गोविन्द प्रसाद पोखरेलले रेखदेख गर्दै आइरहेको जानकारी गोविन्द प्रसाद पोखरेलले खोटाङ् कुवैत सम्पर्क मंचका अध्यक्ष मन्जित राईलाई जानकारी दिएको छ कुबेत नेपालडटकम लाई राईले बताएका छन | उनको मेडिकल रिपोर्ट अनुसार स्वास्थ्यमा सुधार हुने सम्भावना कम रहेको डाक्टरहरुको भनाइ छ | तसर्थ उनको थप उपचार र दैनिक दबाई पानीको लागि खर्च लागिरहने र आर्थिक स्तर पनि हाल खस्कदो अवस्थालाई टेवा पुरयाउन सम्पूर्ण कुवेतका सहयोगी मनहरु र मनकारी बिभिन्न संघ-संस्था र दाजुभाई तथा दिदीबहिनीहरुलाई आर्थिक सहयोगको लागि खोटाङ् कुवैत सम्पर्क मंचले अपिल गरेको छ | बिस्तृत जानकारीको लागि सम्पर्क नं. ९६९६४४३६, ६७६०५८९७,५०३०७७६६, ६६१९७८८९ ,

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.