यायोक्खा कुवेतको बार्षिकोत्सव २७ मार्चमा, साथमा कट्वालको एल्बम बिमोचन


जय आले, कुवेत

Kiran Rai Logo३ मार्च २०१५ । कुवेतमा गत वर्ष गठन भएको किराँत’राई’ जातिहरुको जातिय संस्था किराँत राई यायोक्खा कुवैतले आफ्नो प्रथम वार्षिक उत्सव आगामी २७ मार्च २०१५ शुक्रबारका दिन एक भव्य समारोहबीच मनाउने भएको छ ।

कुवेतमा १४ मार्च २०१४ मा आधिकारिक रुपमा गठन भए पश्चात एक बर्षको कार्य अवधिमा यायोक्खा कुवेतले विभिन्न सामाजिक तथा साँस्कृतिक कृयाकलापहरुमा अग्रसरता जनाउँदै, अन्य नेपाली सँघ-संस्थाहरुबाट आयोजना गरिने हरेक कार्यक्रमहरुमा समेत सहयोग, सहकार्य र हातेमालो गर्दै संस्थागत रुपमा सशक्त भएर अगाडि बढेको छ ।

Prem Katwal music snapshootयसै अवसरमा खोटाङ कुवेत संपर्क मञ्चका उपाध्यक्ष एवं लोक दोहोरी गायक प्रेम कटवालको “अन्तिम पल्ट भेट्ने धोको छ र के छ ए साली” नामक म्यूज़िक भिडियोको समेत बिमोचन गरिने पनि यायोक्खा कुवेतले जनाएको छ । २/२ वटा एल्बमका धनी लोक गायक कट्वाल आफै एक गीतकार हुन भने मनमोहक गजल, मुक्तक र कविताहरु लेख्न सक्ने साहित्य विधामा पनि उनी पोख्त छन् । यसैगरी, कार्यक्रममा आयोजकले बिभिन्न भाग्यशाली चिट्ठा र उपहारको पनि आयोजना गर्ने बताएको छ ।

वार्षिक उत्सवमा किराँती समुदायमा प्रचलित साँस्कृतिक झाकी साकेला सिली र स्थानीय कलाकार गायक सबिन राई दुमी, राजकुमार आठपहरिया राइ र राजबाबु थुलुंगको सुमधुर आवाज र नेहा राइको मनोरन्जात्मक नृत्य प्रस्तुत हुने भएको संस्थाका अध्यक्ष रमेश किराँतीले जानकारी गराएका छन ।

कुवेतको फर्वानियास्थित पुलिस स्टेशन नजिकैको हलमा आयोजना गरिने कार्यक्रममा सम्पूर्ण कुवैतबासी किराँती दाजुभाई, दिदीबहिनी लगायत गैर किराँती नेपालीहरुलाई पनि उपस्थिती जनाई कार्यक्रम सफल पारिदिन अनुरोध गर्दै, उक्त दिन अन्य कार्यक्रमको आयोजना गरेर कार्यक्रम नजुधाई दिन आयोजकले कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्थाहरुलाई यसै समाचार मार्फत अनुरोध गरेको छ ।

पुनश्व कार्यक्रम हुने:-
मिति : २७ मार्च २०१५, शुक्रबार
सामय : दिनको ठीक ०१.०० बजे
स्थान : फर्वानिया ब्लक नं. १, पुलिस स्टेशन नजिक

थप तथा अधिक जानकारीको लागि सम्पर्क : ६०३३०९७, ५०३०७७६६  

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.