सुरेन्द्र पौडेल
काठमाडौं-सरकारले द्वन्द्वग्रस्त मध्यपूर्वी राष्ट्र यमनमा रहेका नेपालीको खोजी तथा उद्धार कार्य सुरु गरेको छ। द्वन्द्व चर्कंदै गएर त्यहाँको सुरक्षा स्थिति नाजुक बनेपछि अन्य देशसँगै नेपालले पनि आफ्ना नागरिकको खोजी र उद्धार थालेको हो। यमन हेर्ने जिम्मेवारी पाएका साउदी अरबस्थित नेपाली दूतावासका अनुसार सोमबार साँझसम्म यमनमा रहेका ११ नेपाली सम्पर्कमा आएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Monthly Archives: मार्च 2015
द्वन्द्वग्रस्त यमनबाट नेपालीको उद्धार गरिँदै
Posted in समाचार
सम्बन्धनको दाउमा १६ मेडिकल कलेज
कृष्ण ज्ञवाली
काठमाडौ, चैत्र १७ – जनसंख्याको घनत्व र आवश्यकताको सम्भाव्यता नहेरी काठमाडांैमा थप ८ मेडिकल कलेज सम्बन्धन लिने दाउमा छन् । मिलेमतोका भरमा शिक्षा मन्त्रालयले आशयपत्र दिँदा उपत्यकाबाहिर समेत गरी कुल १६ मेडिकल कलेज पाइपलाइनमा छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
संविधानसभा अब प्रक्रियाबाटै
नरेन्द्र साउद
सभाध्यक्षद्वारा २३ गते बैठक आह्वान
काठमाडौं : दलहरूबीच संविधानका विवादित विषय र प्रक्रियामा सहमति जुट्न नसकेपछि सभाध्यक्ष सुवास नेम्बाङले चैत २३ गते संविधानसभाको बैठक बोलाएका छन्। उनले दलहरूलाई पछिल्लोपटक दिएको समयसीमा आइतबार पाँच बजेसम्म सहमति जुट्न नसकेपछि बैठक बोलाएका हुन्। बैठक दिनको १ बजे बस्नेछ। त्यस दिनसम्म सहमति नजुटे संविधानसभा प्रक्रिया (मतदान) मा जाने संकेत सभाध्यक्षले दिएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
धादिङको जाेगिमारामा बस जुध्दा ४ को मृत्यु
१६ चैत, धादिङवेशी । धादिङको जोगिमारामा सोमबार विहान दुईवटा बस ठोक्किँदा पर्यटकसहित ४ जनाको मृत्यु भएको छ । अन्य १४ जना घाइते भएका छन् । काठमाडौंबाट कपिलवस्तु जाँदै गरेको लु १ ख ४५९३ बस र पोखराबाट काठमाडौं आउँदै गरेको पर्यटक सवार बा १ प १००२८ नम्बरको माइक्रो बस जोगिमारा ९ खटौटी खोलामा ठोक्किएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार
यमनमा हिंसा बढ्दै, नेपालीद्वारा उद्दारको अपिल
होम कार्की
चैत्र १६ – यमनमा हिंसाले उग्ररुप लिन थालेपछि त्यहाँ कार्यरत नेपालीले आफूहरुलाई समयमा उद्दार गर्नको लागि नेपाल सरकारसँग अपिल गरेका छन् । यमनको राजधानी सनालाई बिद्रोहीले नियन्त्रण लिन थालेपछि साउदी अरबको नेतृत्वमा हवाई आक्रमण थालिएको छ । सानाबाट एक दिन लाग्ने अर्को मुख्य शहर आदनमा कार्यरत रामपुर-३, रामेछापका गुणदास श्रेष्ठले आफूहरु जतिसक्दो छिटो निस्कन चाहेको बताए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
इन्डियन मुजाहिद्दिनलाई नेपाली नागरिकता र पासपोर्ट
बलराम बानियाँ र सुजित महत
काठमाडौ, चैत्र १६ – भारतका विभिन्न सहरमा बम विस्फोट गराएर फरार भएका मुस्लिम आतंकवादी संगठन ‘इन्डियन मुजाहिद्दिन’ का चार लडाकुले नेपाली नागरिकता र पासपोर्ट लिएको खुलासा भएको छ। सन् २००८ मा बनारस, गोरखपुर, फैजावाद, जयपुर, अहमदावाद, लखनउ र दिल्लीमा बम विस्फोट शृंखलामा संलग्न भएका ५ लडाकुमध्ये नेपाल प्रवेश गरी चार जनाले नागरिकता र पासपोर्ट लिन सफल भएका हुन्। मुजाहिद्दिनले त्यतिबेला गरेको शृंखलाबद्ध विस्फोटमा १ सय ६६ जनाको मृत्यु भएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार