अल्घानिम फुटबल क्लबले चुम्यो युएई एक्स्चेन्ज मातृभूमी कप ,घाइते खेलाडीलाई झन्डै ६९,००० सहयोग उठेयो ।


 ईन्द्र भुसाल,कुवेत

IMG_0262मातृभूमी नेपाल युवा क्लबले आयोजना गरेको तेस्रो युएई एक्स्चेन्ज मातृभूमी फुटबल कप २०१५ को उपाधी २०१४ को गोल्डकप बिजेता अल्घानिम फुट्बल क्लबले जितेको छ । अाज भएको सेमी फाईनलमा युनिक नेपाललाई पराजित गर्दै फाईनलको यात्रा तय गरेको अल्घानिमले फाईनलमा गोल्डकप उपबिजेता द टाईगरलाई ० को बिरुद्द सात गोल गर्दै बिशाल अन्तरले जितेको थियो । फाइनलमा पुग्नलाई द टाईगर ले क्वाटर फाईनलमा स्विडिशलाई १ का बिरुद्ध ९ गोल गरेको थियो भने सेमिफाईनलमा आयोजक मातृभूमी B लाई १ बिरुद्ध २ गोल गर्दै फाईनलको यात्राा तय गरेको थियो । बिजेता टिमहरुलाई खेल मैदानमा एक कार्यक्रमको बिच पुरस्कार बितरण गरिएको थियो ।

IMG_0258अतिनै राम्रो बातावरणमा टुर्नामेन्टका सम्पूर्ण खेलहरु सम्पन्न भएका थिए। फाईनल खेल सकिएपछी पुरस्कार बितनरण कार्यक्रममा शहभागी टिम ,राम्रो र अनुशासित टिम , बेस्ट प्लेयर, बेस्ट मिडफिल्डर ,धेरै गोल गर्ने खेलाडी सबैलाई कप ,मेडल र प्रमाणपत्र पुरस्कार राखिएको थियो भने कार्यक्रमलाई स्पोन्सर गर्ने युएई एक्स्चेन्ज ,सुप्रिम कार्गो लाई मायाको चिनो प्रदान गरिएको थियो । कुवेतको नेपाली समाजमा हुने हरेक कार्यक्रम मात्र होईन सुख र दु:खमा समेत साथ दिने नेपाली ओन्लाईन मिडियाहरुलाई औपचारिक कार्यक्रममा उपेक्ष्या गर्ने सुरुवात भएको अवस्थामा मातृभूमी नेपाल युवा क्लबले सम्पूर्ण नेपाली मिडियाहरुलाई प्रमाणपत्र दिएर समाज र कुनै सस्थाको कार्यक्रम सफल पार्न पत्रकारको भूमिकाको मुल्याङ्कन गरेको थियो ।

IMG_0211कार्यक्रम सफल पार्न बिशेष शहयोग गर्ने एन आर एन ए अध्यक्ष धर्मराज गिरी ,माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब का अध्यक्ष जय आले मगर ,लुम्बिनी समाजका अध्यक्ष बिनोद अधिकारी ,लाली गुराश सास्कृतिक परिवारका अध्यक्ष राजेन्द्र बिरही र श्रीमती बिरही लाई प्रमाणपत्र ले सम्मान गरिएको थियो । नेपाली दुताबाशलाई गरिएको निमन्त्रणा लाई स्विकार गर्दै ओपनिङ सिर्मोनीमा आउन नसक्नु भएका नेपाली दुताबाशका दितिय सचिब अंमिका जोशी ,दितिय सचिब भोगेन्द्र लिङ्देल ,सह-चारी सुरेस अधिकारी अल्घानिम र टाईगर बिचको फाईनल खेल हेर्न आउनु भएको थियो । छोटो मन्तब्य दिदै दितिय सचिब जोशीले खेलकुदको जगतमा प्रबाशमा नेपालीहरु सकृय रहेको देखेर खुशी लागेको बताउदै दुबै टिमलाई शुभकामना दिनु भएको थियो ।

IMG_0168प्रथम हुनेलाई शिल्ड ,नगद २०१ केडी ,मेडल र प्रमाणपत्र र दोस्रो हुनेलाई कप ,नगद १०१ केडी ,मेडल र प्रमाणपत्र पुरस्कार राखिएको फुटबल प्रतियोगिता भब्य रुपमा सम्पन्ह बनाउन सहयोग गर्ने सबैलाई मातृभूमी नेपाल युवा क्लब को तर्फबाट बिशेष धन्यबाद अध्यक्ष ॠषि थापा मगरले दिएका थिए। खेलकै दौरानमा युनिक नेपाल र यन यफ सि बिचको खेल हुँदा घाईते भएका खेलाडी नबिन राना मगरको सहयोगको लागि NRC का टिम मेनेजर रोहन शेरेस्ठ र आयोजक मातृभूमीका राजु को बिशेष पहलमा स्टेजबाट सहयोगको लागि आबहान भएपछी करिब १ घण्टा भित्रमा २०४ केडी २७० फिल्स झन्डै ६९ ,००० हजार नेपाली सहयोग सन्कलन भएर थियो । हरेक पटक दु:खमा पर्दा प्रबाशमा नेपालीहरु एक हुने कुवेतको परिपाटी फुटबलको मैदानमा पनि देखियो भने यो देखेर सम्पूर्ण खेलाडी खुशी भएका थिए।

11040138_819307694815630_1084872154_nसहयोगकै क्रममा बिभिन्न सस्थाका अध्यक्ष देखी माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब ,नब प्रतिभा युवा क्लब ,अल्घानिम फुट्बल क्लब ,नेवा गुठी ,द टाईगर टिम ,यन यफ सि,युनिक नेपाल, ले एकमुस्ट सहयोग गरेका थिए भने बिनोद अधिकारी ,मन्जित राई ,पत्रकार राज मल्ल ,पत्रकार हरि नेउपाने ,धर्मराज गिरी ,राम बस्नेत ले सहयोग गर्नु भएको थियो भने सम्पूर्ण खेलाडीहरु र प्रिय दर्शकहरुले पनि आफुले सकेको सहयोग गर्नु भएको थियो । सहयोगको रकम एन आर एन ए अध्यक्ष धर्मराज गिरिले हस्तान्रतरन गरी सक्नु भएको छ ।IMG_0164IMG_001110997301_10204705353331469_1303110307389376955_nIMG_0177IMG_0178IMG_0188IMG_0207IMG_0199IMG_0194IMG_0202

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.