बलात्कारका अभियुक्तले भने- रक्सीको नशामा गल्ती भयो


Bara-Rapist-Arrestedबलात्कृत बालिकाको अवस्था दयनीय
१२ फागुन, बारा । सात वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा बारा प्रहरीले कलैया-४ निवासी २८ वर्षीय कन्हाई गुप्तालाई पक्राउ गरेको छ । शुक्रबार अपहरणमा परी बलात्कारपछि शनिबार बिहान फेला परेकी बालिकाको उपचार वीरगञ्जमा हुन नसकेपछि काठमाडौं लगिएको छ ।
कलैयामा पत्रकार सम्मेलन गरी प्रहरीले बालिका बलात्कार घटनामा संलग्न रहेको भन्दै कन्हाइलाई सार्वजनिक गरेको छ । प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा अभियुक्त गुप्ताले रक्सीको नशामा आफूबाट गल्ती भएको स्वीकारेका छन् । गत शुक्रबार कलैया बजारमा आफ्नै बुबाको पसलमा खेलिरहेको अवस्थामा ती बालिकालाई गुप्ताले हात समातेर लगेको प्रहरीले जनाएको छ ।
रक्सीले मातिएका उनले बजारभन्दा पश्चिममा रहेको श्री ३ चन्द्र उच्च माविको दक्षिणतिर फोहोर फ्याँक्ने ठाउँमा बलात्कार गरी छाडेर भागेको प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्लले बताए ।
‘उनी रक्सी र गाजा खाएर मातिएका थिए, बालिकालाई लग्नुअघि उनले एक अर्की बालिकालाई उठाउन खोजेका थिए’ प्रहरी उपरीक्षक मल्लले भने ।
-सुवासप्रसाद साहबाट
– See more at: http://www.onlinekhabar.com/2015/02/245220/#sthash.c94WJDUn.dpuf

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.