नेपालीहरु कुवेत फर्कदा दु:ख दिने क्रम रोकिएन ,दुताबासको कुरा किन सुनेन श्रम र बिमानस्थलले ?


ईन्द्र भुसाल ,कुवेत
बैदेशिक रोजगारमा जाने नेपालीहरुलाई सुरक्षित बैदेशिक रोजगार बनाउने उद्घोस् गरेको बर्तमान सरकारले दिन प्रतिदिन बैदेशिक रोजगारमा जाने नेपालीहरुलाई श्रम बिभाग र काठमाडौं बिमानस्थलले गरिने अनाबस्यक झमेला र घुसखोरी भएको टुलुटुलु ह्रेरेको छ । यसै क्रममा कुवेतबाट रोजगार गरी नेपाल बिदामा गएर फर्किदा र पुन श्रम बनाउदा नेपाली दुताबासको पत्र माग्ने र पत्र नभए रकम असुलेर काम गरिदिने गरेको श्रम बनाएर फर्केका नेपालीहरुले बताएका छन । श्रम देखी बिमानस्थल सम्मको मानसिक तनाब छिचोल्दै रोजगारिमा जानु पर्ने अवस्थाको अन्त्य कहिले होला भन्न सकिने अवस्था रहेन ।
यसै बिषयमा नेपाली दुताबाश कुवेतकी श्रम -सहचारी गोमादेबी ढकालले दुताबासको पत्र १८ नम्बर भिषा भएको बिदामा नेपाल गएर कुवेत फर्किदा वा पुन श्रम बनाउदा अनिबार्य नभएको तर २० नम्बर भिषालाई र फेम्ली भिषालाई भने पत्र आबस्यक रहेको जानकारी दिएपनी हरेक दिन नेपाल बिदामा गएर फर्केका नेपालीहरुले सास्ती बेहोर्नु परेको र चरम घुसखोरी भएको आक्रोस पोखेका छन । एकातिर नेपाली दुतावासले १८ नम्बर भिषा लाई पत्र आबस्यक छैन भनेको छ भने नेपाल सरकारको श्रम मन्त्रालय अन्तर्गत श्रम बिभाग र बिमानस्थलले दुताबासको पत्र आबस्यक रहेको भनेर नेपालीहरुलाई ठग्ने मात्र होईन दोधारमा पार्ने काम गरेको छ । अली बोल्न सक्नेलाई छोड्ने र अली सोझो देख्यो भने दुताबाशको पत्र चाहिन्छ भन्दै श्रम नबनाई दिने अनी रकम असुलेर श्रम बनाउने गरेको नेपालीहरुले बताएका छन भने ठग प्रबिर्तीको सामाजिक सञ्जाल फेशबुक मा चर्को आलोचना भएको छ । यहाँ दोधार के छ भने दुताबासले नेपाल सरकार सँग निर्णय गराएर पत्र आबस्यक नपर्ने बनाएको हो भने किन तेही सरकारको मन्त्रालयका कर्मचारीले दुताबासको पत्र माग्छन? मासिक अर्बौ रेमिट्यान्स भित्राएर देशको अर्थतन्त्र धानेका नेपालीहरुलाई आखिर किन यस्तो अनाबस्यक सास्ती दिएको छ बुझ्न कठिन भएको छ । यो सम्बन्ध्मा नेपाली दुताबासले समयमा ध्यान पुराउन आबस्यक छ नत्र नेपाली दुताबासले दिएको जानकारीले नेपालीहरुलाई धेरै समस्या पार्ने मात्र होईन घुसखोरी गर्ने हरुलाई अझै कमाउने दाउ लाग्नेछ । दुताबासको पत्र सम्बन्धी अधिकारिक निर्णय नेपाल सरकार सँग निर्णय लिएर गरिएको भए किन फेरी सास्ती भोग्न वाध्य छन कुवेत आउने नेपालीहरु यो जबाफ दुताबासले वा श्रम मन्त्रालय वा बिमानस्थलले कस्ले दिनेहो ?

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.