१२ फागुन, काठमाडौं । वेष्ट इण्डिजका ओपनिङ ब्याट्सम्यान क्रस गेलले मंगलबार आफ्नो नाममा नयाँ कीर्तिमान बनाएका छन् । उनले विश्वकप क्रिकेटकै पहिलो दोहोरो शतकसँगै एकै इनिङमा सर्वाधिक रनको कीर्तिमान बनाएका छन् ।
२१५ रन : अन्तिम बलमा क्याच भएका गेलले १४७ बलमा २१५ रन बनाए । उनले १६ छक्का र १० चौका हाने । यसअघि दक्षिण अफ्रिकाका ग्यारी क्रिष्टियनको सन् १९९६ को विश्वकपमा यूएईविरुद्ध अविजित १८८ रन बनाएका थिए ।
सर्वाधिक छिटो दोहोरो शतक : गेलले १३८ बलमा दोहोरो शतक पूरा गरेका थिए । दोहोरो शतक बनाउने क्रममा उनले नौं चौका र १६ छक्काको मदतमा २०१ रन बनाएका हुन् ।
यो विश्वकपको इतिहासमा पहिलो दोहोरो शतक हो । गेलले वन डे क्रिकेटमा सबैभन्दा कम बलमा दोहोरो शतक बनाए । यसअघि भारतका वीरेन्द्र सहवागले १४० बलमा दोहोरो शतक बनाएका थिए ।
दोहोरो शतक बनाउने चौथो ब्याट्म्यान : गेल वन डे क्रिकेटमै दोहोरो शंतक बनाउने गैरभारतीय पहिलो खेलाडी समेत बनाएका छन् । यसअघि वन डेमा रोहित शर्माले दुई तथा वीरेन्द्र सेहवाग र सचिन तेन्दुलकरले एक एक दोहोरो शतक बनाएका छन् ।
१६ छक्का : गेलले जिम्बावेविरुद्ध १६ छक्का हानेर विश्वकपमा एकै इनिङमा सर्वाधिक छक्काको कीर्तिमान बनाए । साथै उनले वन डेमा सर्वाधिक छक्काको कीर्तिमान बराबरी गरेका छन् ।
वन डेमा रोहित शर्मा र एबी डिभिलियर्सले १६/१६ छक्का हानेका छन् । उनी अन्तिम बलमा छक्का हानेर रोहित र डिभिलियर्सको कीर्तिमान तोड्ने प्रयासमा क्याच आउट भए ।
९१३६ रन : गेलले वन डे त्रिकेटमा ९१३६ रन बनाउका छन् । यो ब्रायन लारापछि कुनै पनि वेष्ट इण्डिजका ब्याट्सम्यानले बनाएको सर्वाधिक रन हो । वेन डेमा सर्वाधिक रन बनाउनेको सूचीमा भने उनी १६ औं नम्बरमा छन् ।
२२ औं शतक : गेलले यो क्रममा २२ औं शतक पुरा गरे । यससँगै उनले शौरभ गंगाुली र विराट कोहलीसँग बराबरी गरे । गेलले २० औं इनिङपछि शतक हानेका हुन् । यसअघि उनले २०१३ मा श्रीलंकाविरुद्ध शतक बनाएका थिए ।
३२७ रन : गेलले मार्लोन श्यामुअलसँग विश्वकप र वन डे इन्टरनेशनलकै सर्वाधिक साझेदारीको रेकर्ड पनि बनाए । मंगलबार भएको खेलमा वेष्ट इण्डिजले जिम्बेवेसामू ३७३ रनको लक्ष्य प्रस्तुत गरेको छ । रनको खाता नखोल्दै दोस्रो बलमा विकेट गुमाएको वेष्ट इजिण्डका गेल र श्यामुअल चम्किए ।
गेल (२१५) र श्यामुअल (अविजित १३३) ले दोस्रो विकेटका लगि ३७२ रनको सझेदारी गरे । जुन वन डे र विश्वकपमा कुनै पनि विकेटका लागि अहिलेसम्म भएको सबैभन्दा ठूलो साझेदारी हो ।
यसअघि १९९९ को विश्पकपमा विश्कपमा शौरभ गांगुली र राहुल द्रभिडले दोस्रो विकेटका लागि ३१८ रनको साझेदारी गरेका थिए । वन डेमा भने सचिन तेन्दुलकर र राहुल द्रभिडले १९९९ मा न्यूजिल्याण्ड विरुद्ध दोस्रो विकेटका लागि ३३१ रनको साझेदारी गरेका थिए ।
सबैभन्दा ठूलो लक्ष्य: यो वेष्ट इण्डिजले वेन डे क्रिकेटमा दिएको सबैभन्दा ठूलो लक्ष्य हो । साथै विश्वकपमा पाँचौ ठूलो चुनौती हो ।